गायक अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ सार्वजनिक ( भिडियो )

काठमाण्डौं,फागुन ३ । गायक अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ गीतको भिडियो सार्वजनिक भएको छ । शशी बिक्रम थापाको शब्द , संगीत रहेको गीतमा विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ ।
शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा आग्रह श्रेष्ठ र रक्षा थापाको मुख्य भूमिकामा अभिनय रहेको छ भने अन्य कलाकारमा प्रजन पौडेल र शुभम गणेशको अभिनय देख्न सकिन्छ ।
रोमियो गुरुङ र विशाल डोटेलको सह निर्देशन रहेको भिडियोको आर्ट निर्देशनमा विकाश जोशीलाइ देख्न सकिन्छ । आयुष श्रेष्ठको छायाकंन रहेको भिडियोमा शिव खाण्ड ठकुरी र रोमियो गुरुङको सम्पादन रहेको छ । भिडियोलाइ सुमन कोइरालाले कोरियोग्राफी गरेका छन भिडियोको कथा सन्तोष पौडेल,शिव खण्ड ठाकुर र जनक बहादुर श्रेष्ठको रहेको छ ।
गायक श्रेष्ठको सुमधुर आवाजमा यस अघि नै ”लजाएर” बोलको गीत सार्वजनिक भईसकेको छ । दर्शक श्रोताको राम्रो साथ बटुलेको उक्त गीतमा संगीत सुजन चापागाई र शब्द शैलेस गिरीको रहेको थियो । गायक अंकित अमरु श्रेष्ठ चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको ब्याटल राउण्ड सम्म पुगिसकेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv