कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिव पदमा युवा ब्यावसायी नबिन खड्काको उमेद्वारी 

कोहलपुर,फागुन १८ । फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी निर्वाचन हुन गई रहेको छ । निर्वाचन नजिकिदै गर्दा संघको नयाँ नेतृत्वका लागी रस्साकस्सी चलीरहेको छ । यसैक्रमा साझा समाबेसी व्यवसायी प्यानलको तर्फबाट महासचिव पदमा युवा ब्यावसायी नबिन खड्काले उमेद्द्वारी दिएका छन ।

कोहलपुरमा मात्रै नभएर बाँकेमै युवा व्यवसायी र समाजसेवीको रुपमा परिचय बनाएका महासचिव पदका उम्मेदवार नबिन खडकाले कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र सम्वद्र्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न समक्ष र जुझारु नेतृत्वको आवश्यकता भएकाले आफ्नो उमेद्वारी दिएको बताएका छन् ।

२०५८ साल देखी कोहलपुरमा नविन इम्पोरियम एण्ड सप्लायर्सको नामबाट व्यवसाय संचालन गर्दै आएका खड्काको २ दशक लामो ब्यावसायिक अनुभव र कोहलपुरको ब्यापार व्यवसायको प्रबर्दन गर्न लागि सकृय छन् ।

कोहलपुरमा मात्रै नभएर बाँके मै कपडा व्यवसाय धाराशायी बनिरहेको आवस्थामा ठुलो पूंजी लगानी गरेर सिमावर्ती बजार रुपईडीहा जाने र खरिदारी गर्ने प्रवृतिलाई रोक्न सफल भएको कोहलपुरवासी बताउँछन ।

खड्का कोहलपुर उद्योग बाणिज्य संघको अघिल्लो कार्यकालको लागि भएको चुनावमा सर्वाधिक (लोकप्रीय) मत प्राप्त गरी सदस्य निर्वाचित हुनु भएको थियो ।

खड्काले कोहलपुर उद्योग बाणिज्य संघको सदस्य संगै विभिन्न संघ संस्थामा आवद्दता जनाउदै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिइसकेका छन्, बिज इन्टरनेसनल स्कुल, कोहलपुरको प्रबन्ध निर्देशकको भूमिका समेत निभाउदै आएकका खड्काले कुशल व्यवसायीको कोहलपुरमा आफ्नो परिचय बनाएका छन् |

बाँके संगै काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा रियलस्टेट, हस्पिटालिटी र अन्य व्यवसायमा समेत सफलता प्राप्त गरेका खड्का मुलत व्यवसायी संगै सामाजिक कार्यमा बढी रुची दिने गर्छन, कोरोना भाइरस (कोभिड -१९) कहर र बिभिन्न समयमा आएका बाढी तथा अन्य विपत्तिको समयमा सहयोग गर्न सदैव अगाडी सर्ने सामाजिक भावको कारण कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा खड्काको जित निश्चित रहेको व्यवसायी बताउने गर्छन |

महासचिव पदको उम्मेदवारको रुपमा कोहलपुर क्षेत्रमा खड्काको चर्चा चले संगै उनको जित कोहलपुरका व्यवसायीहरुमा आशाको किरण छाएको बताउछन कोहलपुरका व्यवसायी |

कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानलको वरिष्ठ उपाधयक्षमा तेज प्रसाद आधिकारी, उद्योग तर्फका उपाध्यक्षमा कमल खड्का, बाणिज्य तर्फका उपाध्यक्षमा बलराम देवकोटा, उपमहासचिव पदमा परशुराम लामिछाने, कोषाध्यक्षमा खेम प्रसाद घिमीरेले उम्मेद्वारी दर्ता गरेका छन् |

त्यस्तै बिष्णु खनाल नेतृत्वको प्यानलबाट सदस्य पदमा सदस्यहरुमा पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगी, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक बस्यालले उम्मेद्वारी दर्ता गराएका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv