साईकल यात्री बस्नेत डडेल्धुरा पुगे

डडेल्धुरा,चैत १३ । भुकम्पका कारण क्षतीग्रस्त हेल्प नेपाल द्धारा निमार्णाधिन  दोलखामा रहेको राजकुलेश्वर बिद्यालय र डडेल्धुरामा बहादुर खडक स्मृर्ति  पुस्तकालय स्थापनाका लागी अभियानमा रहेका दोलखाका साईकल यात्री देबेन्द्र बस्नेत बिहिबार डडेल्धुरा आईपुगेका छन ।

डडेल्धुराको अमरगढी नगरपालिकामा एक औपचारिक कार्यक्रमका बिच उनको भब्य स्वागत गरिएको छ । साईकल यात्री बस्नेत डडेल्धुरा पुगेसंङै बहादुर खडक स्मृर्ति प्रतिष्ठानले एक औपचारिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तिलक हमालले संस्थाले लकडाउनका अबधीमा गरेका बिभिन्न गतिबिधिहरुका बारे जानकारी गराएका थिए ।

भक्तबिबि हेल्पीङ्ह्याण्डस फोर ह्युमिनिटि संगको सहकार्यमा प्रतिष्ठानले राहतबितरण, निसुल्क भोजनालय, निसुल्क बससेवा सञ्चालन गरेको स्मरण गर्दे यस पटक ई लाईब्रेरि स्थापना गरिने भएकाले यसले बिभिन्न सुचना र ज्ञानका क्षेत्रमा अघि बढ्न सहज हुने उनको भनाई थियो ।

अभियानका बारे प्रस्ट पार्दे साईकल यात्री बस्नेतले आफुले अभियान मार्फत कसैबाट पैशा वा चेक नलिने गरेको बताए । उनले आफनो ब्यक्तीगत खर्च कटाएर बचाएको पैशाले शैक्षिक क्षेत्रमा लगानी गरे फाईदा पुग्ने बताएका थिए। ५० बर्षिया साईकल यात्री बस्नेत सुक्रबार डोटीमा पुग्ने छन । दोलखा देखि डोटी पुगेपछि बस्नेतको अभियान समाप्त हुनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv