फ्याट्टै’मा आश्माको पछि राहुल, सरोज र जिबेश (भिडियो)

काठमाण्डौं,चैत २१ । चर्चित गीत ‘ओए’को सफलतापछि ‘ओए-२’को भिडियो रिलीज भएको छ । ‘फ्याट्टै’ बोलको यस गीतमा नबिन रावल, बादल थापा र स्मिता दाहालको स्वर रहेको छ । नबिन रावलको संगीत तथा मिलन बिष्टको शब्द रचना रहेको छ ।

यस गीतको भिडियोमा युवापुस्ताका चर्चित कलाकारहरुको नृत्य सहितको अभिनय रहेको छ । राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिबेश गुरुंगको अभिनय रहेको भिडियोका निर्देशक, कोरियोग्राफर तथा कथाकार राहुल शाह हुन् । भिडियोमा राहुलले संचालन गर्दै भाईव एण्ड वेभ ग्रूपको नृत्य रहेको छ । गीतमा ट्रयांगल लभ स्टोरी देखाउन खोजिएको छ ।

सुप्रिम पराजुलीले सम्पादन गरेको यस गीतको भिडियोलाई पवन सुस्लिंगले छायांकन गरेका छन् । निर्माता मनोज बस्नेत हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv