अस्पातल श्रोतले अधिकारिक पुष्टी नगर्दै किन फैलियो सामाजिक संजालमा गायक संगीतकार प्रेमध्वज प्रधानको मृत्‍युको खबर ?

काठमाण्डौं,बैशाख २३ । मानिसको जीवन हो एक दिन जानै पर्छ तर आजकल सामाजिक संजालमा श्रद्दान्जली दिने होडबाजीमा जिउँदै मार्ने देख्दा उदेग लाग्छ । श्रद्धेय गायक प्रेम ध्वज प्रधानको निधन भएको खबर आगो सारी फैलिएको छ ।

अस्पातल श्रोत भन्छ निधन भएकै छैन । यहाँ हतारो किन गर्छन् । आधिकारीकता कस्लाई मान्ने गरिन्छ । समाचार लेख्ने एक समाचारदाताको हैसियतले मैले काठमाण्डौ न्युरो अस्पातलमा संपर्क गरे अस्पातल श्रोतले भन्यो हामीले डिक्लियर गरेकै छैनौं । । अर्थात अस्पातलले मृत्‍यु घोषणा नगरी कसरी श्राद्धान्जली लेखिन्छ ? सामाजिक संजालको दुरुपायोग गर्नु भन्दा सत्यतथ्य बुझेर मात्र सम्प्रेषण गर्नु उचित रहन्छ ।

यस अघी पनि नेका नेता नरेन्द्र राज जोशीको मृत्‍यु अघी नै श्रद्दान्जली दिनेको लहर चलेको थियो । त्यस्तै राष्ट्रिय गायनका संगीतकार अम्मर गुरुङ को निधन हुनु ३ दिन देखी श्रद्दान्जली सामाजिक संजालमा पोस्ट्याइको थियो । वहाँ को अवस्था गम्भिर छ भन्ने अस्पातल श्रोतले जनाएकै छ । हुन सक्छ यो समाचार सम्प्रेषण हुँदा सम्म कुनै खबर आउला तर अस्पातलले अधिकारिक बिज्ञप्ती सार्वजनिक नगरे सम्म सामाजिक संजालमा श्रद्दान्जली दिनु उचित होइन कि ?
गायक संगीतकार प्रेमध्वज प्रधानको छातिमा सामान्य इन्फेक्शन देखिएकोले काठमान्डू न्यूरो अस्पतालमा उपचरार्थ हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv