पारुको तिम्रो त्रिष्णामा मण्डल ( भिडियो )

काठमाण्डौ,जेठ २ । गीतकार तथा गायिका पारु राईको तिम्रो त्रिष्णा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिकास लिम्बु र पारु राईको स्वरमा सजिएको गीतलाई ताराप्रकास लिम्बुले संगीत भरेका हुन् ।

बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् । एक प्रश्नको जवाफमा प्रवासमा रहेर पनि नेपाली गीत संगीतको मोहले गर्दा पुन १० बर्ष पछी पनि गीतसंगीतमा आफुलाई दर्शक सामु उभ्याउन पाउँदा ज्यादै खुशी लागेको बताएकी छिन् ।

भिडियोलाई नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन् । करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, विकाश लिम्बू र वृक्षा लिम्बूले यस गीतमा अभिनय गरेका छन् ।

त्यस्तै मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको रहेको छ ।

बाल्यकाल देखिनै सांगितिक माहोलमा हुर्केकी पारुको साँगितिक यात्रा त्यती बेला टुट्यो जब तिनी १० बर्ष पहिले पल्टनमा जागिरे भईन । प्रवासमा रहेर आफूलाई मन पर्ने पेसा अंगाल्नका लागि सोचे जस्तो सहज हुँदा पनी गीत संगीतलाई निरन्तरता दिन सानो प्रयास गरेको उनले बताइन ।

पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब एक दशकदेखि बेलायतमै बस्दै आएकी छन् ।
हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv