वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन

काठमाण्डाै,जेठ २  । वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो ।

गएको १६ गते देहरादुनबाट काठमाण्डाै आउनुएका उहाँलाई ज्वरो आए पछि अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसबाट संक्रमित भए पछि उहाँको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो । स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विस १९९५ साल कात्तिक २२ गते जन्मिनुभएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन् ।कार्किले २०७६ मा आफ्नाे ८२ औँ जन्माेत्सवकाे उपलक्षमा एकल कविता वाचन पनि गर्नुभएकाे थियाे ।

उहाँका गीत नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानलगायतका गायक गायिकाले गाएका छन् । विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट उहाँले नेपाली चलचित्रमा प्रवेश गर्नु भएको थियो । उहाँका श्रीमती र दुई छोरा छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv