डडेल्धुरामा देउवाको सहयोग भन्दा पहिला अक्सीजन सिलिन्डर बोकेर पुग्यो भक्त बीबी

डडेल्धुरा,जेठ ५ । गत बर्ष कोरोना माहामारिका समयमा बिभिन्न सहयोग गर्दे आएको भक्त बिबि हेल्पीङह्याण्डस फर ह्युमिनिटि नामक संस्थाले यस बर्ष बिभिन्न स्वास्थ्य संस्थाहरुलाई अक्सीजन सिलिण्डर उपलब्ध गराउंदै आईरहेको छ।

आईतबार डडेल्धुरा समेत प्रदेशका बिभिन्न अस्पतालमा १ सय २० सिलिण्डर उपलब्ध गराएकोमा बुधबार स्थानीय साझेदार संस्था श्री बहादुर खड्क स्मृर्ति प्रतिष्ठानको सहयोगमा ४६ वटा सिलिण्डर उपलब्ध गराईएको प्रतिष्ठानका सचिब तेज बहादुर भण्डारीले बताए।

बुधबार डडेल्धुरा अस्पतालका लागी ४१ थान , पाटन स्वास्थ्य चौकिका लागी २ थान र नेपाली कांगृेस डडेल्धुराले सञ्चालन गरेको सेवा दलका लागी ३ थान सिलिण्डर उपलब्ध गराईएको भण्डारीले बताए।

पछिल्लो समयमा अक्सीजनको अभावमा कोरोनासंक्रमित बिरामीहरुको ज्यान जान थालेपछी संस्थाले सुदुरपश्चिमका बिभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सीजन सिलिण्डर उपलब्ध गराउंदै आएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv