सर्वच्चको फैसला पछी सात मन्त्रीको पद चैट

काठमाण्डौ,जेठ ७ ।  माओवादी छोडेर नेकपा एमालेतिर लागेका सात नेता यता न उताका भएका छन् । उनीहरुको पद गएको छ भने राष्ट्रिय सभामा उठेका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलको चुनाव के हुन्छ भन्न सकिन्दैन । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिए पछि उनको थापाको गृहमन्त्री सहित सातै जनाको पद गएको छ । उनी सहित माओवादी छोडेर एमालेमा आएका ७ मन्त्रीको पद खारेज भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएका उनीहरुलाई दोस्रो पटक मन्त्री बनाएका थिए । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका कारण उनीहरुलाई प्रधानमन्त्रीले समायोजन गर्दै मन्त्री बनाएका हुन् । यस अघि संसदवाट विश्वासको पद नपाए पछि पनि राष्ट्रपतिद्धारा संसदको सबैभन्दा ठूलो दलको हैसियतमा तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले उनीहरुलाई नै मन्त्री परिषदमा दोहोर्याएका थिए ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापा बदलसहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

यसैबिच नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्ने जनाएको छ । स्थायी कमिटी बैठक चलिरहेका बेला अदालतले ७ मन्त्रीको नियुक्ति संविधानको भावनाविपरीत रहेको भन्दै बदर हुने आदेश दिएको थियो । बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहेको बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv