गायक स्वयम्भुराज शाक्यको निधन

काठमाण्डौ,जेठ १२ । बुद्ध भगवान सम्बन्धि भजनहरु गाउने गायक स्वयम्भुराज शाक्यको बुद्ध जयन्तीको पूर्व सन्ध्यामा निधन भएको छ ।

गायक शाक्यको मंगलबार राति निधन भएको हो । चलचित्र निर्देशक तथा समालोचक प्रकाश सायमीले चलचित्र संगीतकार तथा गायक शाक्यको निधनले सांगीतिक क्षेत्रमा अपुरणीय क्षती पुगेको फेसबुकमार्फत उल्लेख गरेका छन् । थुप्रै बुध्द भजनहरु गाएका शाक्यले बुध्द भजन श्रृंखला ज्ञानमाला भजन श्रृंखलामा पनि सहभागिता जनाएका थिए । ललितपुर निवासी शाक्यले लामो समय सांस्कृतिक संस्थानमा गायकका रुपमा काम गरेका थिए ।

त्यस क्रममा उनले थुप्रै रंगमञ्चका कार्यक्रमका साथै गीति नाटकहरुमा पनि गीत गाएका थिए । उनले विक्रम संवत २०३० कै दशकमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तिर्ण गरेका थिए भने रेडियो नेपालमा विभिन्न गीतहरु रेकर्ड समेत गराएका थिए ।

गीत प्रस्तुतिका लागि नेपालका विभिन्न जिल्ला तथा विदेशको समेत भ्रमण गरिसकेका शाक्यले गाएका थुप्रै नेपाली तथा नेपाल भाषाका गीतहरु विभिन्न एल्बममार्फत सार्वजनिक भएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv