गैर आवासीय नेपाली संघ न्युयोर्क च्याप्टरमा शाहको उमेद्द्वारी

न्युयोर्क , जेठ १३ । गैर आवासीय नेपाली संघ अमेरिकाको न्युयोर्क राज्यको सचिव पदमा युवा समाजसेवी तथा चलचित्रकर्मी रेशम जंग शाहले उमेद्द्वारी दर्ता गराएका छन्। नेपाल रहदा ठकुरी सहयोग संजाल नामक सस्था मार्फत बिभिन्न समुदायमा सेवामुखी कार्य गरेका शाह पेशाले कृषीकर्मी तथा चलचित्रकर्मी समेत हुन्।

सन् २०१८ मा पारिवारिक आप्रवासी भिसामा अमेरिका पुगेका शाहको परिवार फ्लोरिडामा छ भने उनी नेपालीहरूको बाक्लो बसाइ रहेको न्युयोर्कमा बस्दै आएका छन्। अध्यक्ष पदको दावेदार रहे पनि गैरआवासीय नेपाली संघको बिधान बमोजिम एक कार्यकालमा कुनै पदमा सेवा गर्नु पर्ने बाध्यात्मककारी नियमले गर्दा शाहले २०२१-२०२३ कार्यकालको लागि सचिव पदमा आफ्नो उमेद्द्वारी दिएका हुन्।


ठकुरीहरुको विश्वब्यापी साझा संगठन ठकुरी सहयोग संजालका सस्थापक अध्यक्ष शाह संग युएनडिपीको एचाईभी नियन्त्रण तथा रोकथाम परियोजनामा नेपालका बिभिन्न जिल्लामा परियोजना प्रमुख भएर काम गरेको अनुभव छ। २०७२ को महाभुकम्पमा पनि शाहले नेतृत्वदायी भूकिमा निर्वाह गर्दै राहात, उद्दार तथा पुर्नवासका कार्यहरू गरेका थिए। जस अन्तर्गत काभ्रे, र सिन्धुपाल्चोक जिल्लामा तामांङ्ग,मगर तथा दलित समुदायका लागि ५२ ओटा अस्थाई आवास निर्माणको कार्य शाहकै नेतृत्वमा भएको थियो। गोरखा, लमजुंग, तनहु र नुवाकोटमा समेत उनको नेतृत्वमा भुकम्प पिडितहरूका लागि तत्काल राहात सामग्री उपलब्ध गराईएको थियो।

नेपालमा कृषी पेशामा समेत सक्रिय शाह दरबार कृषी तथा पशुपंक्षी फार्मका प्रमुख संचालक समेत हुन्। अमेरिकामा भने भर्खर मात्र बसोबास थालेका शाहले नेपाली कला सस्कृतीको संरक्षण तथा लुकेका सृजनाहरुको प्रस्पोटनको लागी अमेरिकामा नेपाली टेलिसिरियल बनाउने योजनामा छन्। उनी एक सफल चलचित्रकर्मी भएको कारण पनि यो योजना बुनेका हुन्। आसुसेन फिल्म्स अन्तर्गत निर्माता तथा निर्देशक सन्तोष सेन संग उनले चलचित्र प्रेम गीतका सिरिज तथा चंखे शंखे पंखे र मेरी मामुमा कार्यकारी निर्माता रहेका शाहले जनसम्पर्क र बजार ब्यबस्थापकको कार्य गर्दै आएका छन्। चलचित्र प्रेम गीत३ हिन्दी भाषामा भारतमा समेत प्रदर्शनको तयारीमा छ।

केही नयाँ योजना लिएर गैर आवासीय नेपाली संघको निर्णायक तहमा प्रवेश गर्ने दाउमा रहेका शाहलाई विश्वका नेपालीहरूले आशाको नजरले हेरेका छन्। विशेष त उनले संघ सस्थाको बिकृती बिरुद्द खुलेर आवाज उठाउन सक्ने क्षमता राख्ने हुदा धेरैको आशा त्यसैमा छ र उनले विदेशमा बस्ने नेपालीका सन्ततीको संस्कार र गैर आवासीय नेपालीहरूको नेपालमा राजनैतिक, ब्यवसायीक र सम्पतीको हकको लागि उनको उमेद्द्वारी रहेको बौद्दिक वर्गहरूले आकलन गरेका छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv