देशमा राजनीति किचलो भई रहँदा गृह जिल्लामा रोगबाट जोगाउन अहोरात्र खटेका नेता बस्नेत

सिन्धुपाल्चोक,जेठ १४ । नेपाली काँग्रेसका नेता तथा पुर्व संचार तथा सुचना मन्त्री मोहन कुमार बस्नेत ले गृह जिल्लामा स्वास्थ्य सामाग्री बितरण गर्नु भएको छ ।
बिहीवार सिन्धुपाल्चोक जिल्लाका बिभिन्न स्थानमा स्वास्थ्य सामाग्री हस्तान्तरण भएको हो । स्वास्थ्य सामाग्री बितरण गर्दै बस्नेतले भन्नु भयो- “पहिला जनता बचाउँ राजनीति पछी गरौंला” भन्ने भावनालाई आत्मसाथ गर्दै अगाडि बढेको हुँँ । ”

वहाँले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ को बलेफी गाउँपालिका वडा नं ८ लामोसाँघु बजारमा स्थानीय युवाहरुलाई मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । उक्त स्वास्थ्य सामाग्री बलेफी गाउँपालिका वडा नं ८ टोप्का निवासी युवा व्यवसायी सुबास तिमल्सिनाको सहयोगमा उपलब्ध गर्नु भएको हो ।
यस अघी बस्नेतले अक्सिजन सिलिन्डर,बेड र अन्य स्वास्थ्य सामाग्री बितरण सहयोग गर्दै आउनु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv