भेरी अस्पातलमा कार्यरत स्वास्थ्यकर्मी माथि आक्रमण

काठमाण्डौ,जेठ १४ । भेरी अस्पातलमा कार्यरत स्वास्थ्यकर्मी माथि आक्रमणको चौतर्फी बिरोध भएको छ । कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्जको भेरी अस्पतालमा मृतकका आफन्तले स्वास्थ्यकर्मीलाइ नै ‘हत्या गर्ने प्रयास’ गरेका छन्। अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्सलाई मृतकका आफन्तले लखेटिलखेटी आक्रमण गरेका हुन् ।

अस्पतालका अनुसार यही जेठ ४ गतेदेखि दाङ निवासी डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राती ८ बजेतिर मृत्यु भयो। मृत्यु भए लगत्तै मृतकका भाई मान बहादुर रावत लगायतले चिकित्सक र स्टाफ नर्सलाई लखेटिलखेटी आक्रमण गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा आफ्नो ज्यान जोगाउन ३ जना नर्सले छतबाटै हाम फालेका थिए। आक्रमणकारीले नर्स र चिकित्सकको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको पीडितले बताएका छन्। ‘हामीले सबै बिरामीलाई हेरिरहेका थियौं, आईसियुमा एकजना बिरामीलाई अलि अप्ठ्यारो भएपछि त्यहाँ हेर्न गएको बेलामा यतातिर उहाँ (डिल्लीबहादुर) को मृत्यु भएछ, त्यसपछि हामीलाई ६/७ जना केटाहरु बोलाएर लेखेट्न थालियो,’ एक जना स्टाफ नर्सले भनिन् ‘ज्यान जोगाउन हरेक प्रयास गर्दा पनि केही सिप चलेन्, कसैले घाँटी थिच्ने, कसैले लखेट्ने काम गरे, ड्युटी रुममा पसेर लुक्दा पनि ढोका फोडे, शौचालयमा पस्दा पनि ढोका फोडेपछि हामफाल्न बाध्य भयौं।’

त्यस्तै महामारीको समयमा अग्रपंक्तिमा खटिएका चिकित्साकर्मीमाथि बारम्बार आक्रमणको घटना भइरहेको भन्दै माओवादी केन्द्रका नेता जनार्दन शर्माले उनीहरूको सुरक्षाको माग गरेका छन् ।

पुर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले आफ्नो टुइटर मार्फत “नेपालगञ्जस्थित भेरी_अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएकाे याे घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु। भन्नु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv