कोहलपुरमा संचालित सहुलियत “भान्साघर”का लागि अस्ट्रेलियाबाट शाहीले पठाए आर्थिक सहयोग

काठमाण्डौ,जेठ १५ । अस्ट्रेलियामा अध्ययनरत रिकिश शाहीले कोहलपुरमा संचालित सहुलियत “भान्साघर”का लागि आर्थिक सहयोग गर्नु भएको छ ।

आफ्नो जन्मदिनको अवसर पारेर वहाँले एमाले जिल्ला कमिटी बाँकेको आयोजनामा संचालित मेडिकल कलेज कोहलपुरमा खाना खुवाउने भान्सा घरको अभियानका लागि पाँच हजार पाँच नगद रकम सहयोग गर्नुभएको हो ।

कोरोना संक्रमणको दोस्रो भेरीयन्टले अक्रान्त बनेको बाँकेको शिक्षण अस्पताल कोहलपुरमा आएका बिरामीहरु र कुरुवाका लागि सहुलियत दरमा खाना खुवाउने अभियान चली रहेको छ ।

अस्ट्रेलियामा अध्ययनरत शाहीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गर्न पाउँदा र मातृभूमीको सेवा नेपाली दाजुभाइ दिदीबहिनीहरुले संचालन गर्नु भएको सहुलियत भान्साघरको अभियान मा सहयोग गरी होस्टेमा हैंसे गर्न पाउँदा गर्वलागेको बताउनु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv