गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक

काठमाण्डौं,जेठ १६ । कोराना कहरबाट सिर्जना भएको अफटयारो परिस्थितिलाई समेटेर तयार पारिएको गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक भएको छ ।

रोगको कारणबाट अफटयारो अवस्थामा भएका मानिसको पिर र व्यथालाई गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायक पदम राई , ज्ञानु ज्ञान्मी , सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर रहेको छ । प्यारो देश नेपाल अनि सम्पूर्ण बिश्व यतिखेर कोरोना महामारीको बिपती चपेटामा परेर गुज्रीरहेको अवस्थामा यस्तो दुखद परिवेशलाई नजिकबाट नियाल्दा मन भित्र उठेका भावना समेटेर गीत लेखेको गीतकार बस्नेतले बताइन ।

धनु गयामी को संगीत एवम एरेन्ज रहेको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादन र सरोज प्याकुरेलको निर्देशन भिडियोमा रहेको छ । “सेवा गरौ“ गीतको भिडियोमा सरोज दाहाल र मिना बास्कोटाको अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv