आजदेखि मोबाइ डिभाइस म्यानेजमेन्ट सिस्टम लागू

काठमाण्डौ,साउन १ । नेपालको दूरसञ्चार क्षेत्रको नियमक नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइ डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने भएको छ।
गैरकानूनी बाटोबाट आएका मोबाइलको प्रयोगलाई रोक्न भन्दै प्राधिकरणले यो प्राणाली लागू गरेको हो। प्रणाली लागू भएपछि आधिकारिक रुपमा आयात भएका फोन बाहेक अरु फोन दर्ता गर्नुपर्ने छ।

नेपालको प्रणालीमा डिभाइसको आइएमइआइ नम्बर दर्ता नभएमा नेपालको क्षेत्रभित्र चल्न नमिल्ने बनाइदिने प्राधिकरणले जानकारी दिएको छ। तर अहिलेदेखि नै दर्ता नभएका फोन नचल्ने हुने छैनन्। दर्ता गर्नका लागि सचेतना फैलाउने काम गरिने प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले विदेशबाट कुनै पनि व्यक्तिले ल्याएका फोन, अर्थात् भविष्यमा त्यसैगरी आउने फोन ब्लक नगरिने प्रष्ट पारे। तर मोबाइलको आइएमइआइ नम्बर भने दर्ता गर्नुपर्ने उनको भनाइ छ।

‘अहिले जसरी फोनहरु व्यक्तिगत रुपमा आइरहेका छन् भन्सार छुट सुविधा प्रयोग गरेर भविष्यमा पनि त्यसैगरी आउनसक्छन्। र अहिले जसरी चलिरहेका छन् प्रणाली लागू भएपछि पनि त्यसैगरी चल्न पाउनेछन्। तर फरक कतिमात्र भने हामीले उपलब्ध गराएको प्रणालीमा त्यस्ता मोबाइलको आइएमइआइ नम्बर दर्ता गराउनुपर्छ’ उने भने।

पौडेलका अनुसार प्रणाली लागू हुनुभन्दा पहिले नै व्यक्तिगत रुपमा आएका फोनमा नेटवर्क अवरुद्ध भने हुने छैन। तर प्रणालीमा उपभोक्ता आफैंले दर्ता गर्नैपर्ने छ।

प्रणाली लागू भएपछि विदेशबाट फोन आउँदा भन्सार छुटको सुविधा उपयोग गर्ने उपभोक्ताहरुले भन्सारबाट निस्किदा भन्सार छुटको मोबाइल हो भन्ने जानकारी ल्याउनुपर्ने छ। भन्सार विभागको पनि पहुँच हुने यो प्रणाली लागू भएपछि विदेशबाट छुट उपयोग गरी आउने मोबाइलको हकमा त्यस्तो क्लेरेन्स पत्र दिने व्यवस्था गरिने उनको भनाइ छ।

भन्सारको नियमअनुसार विदेशबाट फर्किएका नेपाली यात्रुले दुईवटासम्म फोन ल्याउन पाउछन्। एउटा चलाइरहेको र अर्को नयाँ फोन ल्याउन पाउछन्।

यो वेबसाइटमा गएर कुनै पनि उपभोक्ताले आफ्नो फोन दर्ता गर्नसक्छन्। तर नेपालमै किनेका फोन भने दर्ता गर्नुपर्ने छैन।

https://eir.nta.gov.np/ यो वेबसाइट खुलेपछि साइअप भन्ने बिकल्पमा क्लिक गर्नुपर्छ। त्यसपछि व्यक्तिगत र आयातकर्ता भन्ने बिकल्प आउछ। त्यसपछि ब्यक्तिगतमा क्लिक गर्नुपर्छ। त्यसमा क्लिक गरेपछि मोबाइलको आइएमइआइ नम्बरदेखि मोडल नम्बरसमेतका विवरण आवश्यक हुन्छन्। नागरिकता तथा इमेल लगायतका विवरण भरेपछि सवमिट गर्नुपर्छ।

यसरी गरिएको दर्ता प्राधिकरणले स्वीकृत गरेपछि प्रणालीमा उक्त मोबाइल सूचीकृत हुन्छ। सूचीकृत भए वा नभएको बारे सोही वेबसाइटको सुरुमै खुल्ने सेक्सनको नोयोर डिभाइसमा क्लिक गरी आफ्नो आइएमइआइ नम्बर इन्ट्री गरेपछि थाहा हुन्छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv