मन्त्री शशी श्रेष्ठ र ओलिभियर डे स्वातरबीच शिष्टाचार भेट

काठमाण्डौ,मंसिर २१ । भूमि व्यबस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालको औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका गरिबी तथा मानव अधिकारको विषयसँग सम्बन्धित विशेष प्रतिवेदक ओलिभियर डे स्वातर बीच आज शिष्टाचार भेटवर्ता भएको छ ।

गरिबीमा जीवन यापन गरिरहेका नागरिकहरुको मानव अधिकारको सुरक्षाको अवस्था र गरिबी निवारणको लागि भैरहेका प्रयासका सम्बन्धमा अध्ययन गर्न नेपाल सरकारको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घबाट औपचारिक भ्रमणमा आउनु भएका गरिबी तथा मानव अधिकारको विषयसँग सम्बन्धित विशेष प्रतिवेदक ओलिभियर र मन्त्री श्रेष्ठबीच मन्त्रालयमा भेटवार्ता भएको हो । सो क्रममा मन्त्री श्रेष्ठले भूमिहिनको समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय तह मिलेर तथ्याब्क संकलन गर्ने काम भइरहेको र भूमिहिन दलित, सकुम्बासी, मुक्त हलिया, कमैया कमलरी कोही पनि नछुटुन र समस्यालाई दिगो रुपमा नै अन्त्य गर्न सकियोस भनेर कार्ययोजना बनाएर द्रुत गतिमा काम शुरु गरिसकेको बताउनु्भयो ।

गरिबी वर्तमान विश्वको साझा समस्या रहेको र गरीबी बिद्यमान रहेसम्म समृद्धि संभव हुँदैन भन्दै गरिबी निवारणमा सामुहिक प्रयास, आवश्यक समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक रहेको औल्याउनुभयो । संविधानले राज्यका निर्देशक सिद्धान्त, नीति र मौलिकहक अन्तर्गत अव्यवस्थित वसोवास व्यवस्थापन, भूमिहीन सुकुम्बासीहरूको भूमिमा समन्यायिक पहुँच लगायत बैज्ञानिक भूमिसुधार र भूउपयोग कार्यक्रम सञ्चालन गरिने बिषयलाई प्राथमिकतामा राखेकाले सरकारले यी विषयसँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयनमा ल्याईसकेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले गरिबी निवारण एवं मानव अधिकार संरक्षणका लागि नेपाललाई संयुक्त राष्ट्रसंघबाट प्राप्त भएको सहयोगको लागि हार्दिक धन्यवाद दिनुहुदै मानव समुदायलाई गरिबीबाट मुक्त गर्न संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायवाट थप एकिकृत एवं समन्वयात्मक प्रयास हुनेमा आशा समेत व्यक्त गर्नुभयो । भेटमा नेपालको औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका गरिबी तथा मानव अधिकारको विषयसँग सम्बन्धित विशेष प्रतिवेदक ओलिभियर डे स्वातरले भूमीहिनको व्यवस्थापनका लागि मन्त्रालयबाट भइरहेका प्रयास, भूमिहिनलाई भूमी दिने विषय, संविधानमा भएका व्यवस्थाको कार्यन्वयन, नेपालमा गरिबीको हालको अवस्था र त्यसको न्युनिकरणकाल लागि भइरहेका प्रयास लगायतका विषयमा जिज्ञासा राख्नु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv