बेनी नगरपालिका वडा नं. २ मा काँग्रेसका अध्यक्ष उम्मेद्वार याम कार्की सहितको प्यानल बिजयी

म्याग्दी,जेठ १  । बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटमा भारी मतान्तरले नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार याम कार्की सहितको प्यानल बिजयी भएका छन् ।

नेपाली कांग्रेस र माओवादी सहितको गठबन्धनको तर्फबाट कार्की सहितको प्यानल बिजयी भएको हो ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार नवनिर्वाचित अध्यक्ष याम कार्कीको प्यानलमा महिला सदस्य बबिता सापकोटा, दलित महिला सदस्य बिष्णु कुमारी सार्की, खुल्ला सदस्य तर्फ कृष्ण कार्की र चन्द्रकान्त रिजाल रहेका थिए ।

म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले १००२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार सम्राट सापकोटाले ४० मत प्राप्त गरेका छन् । नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv