बैतडीको पञ्चेश्वर गाउँपालिकामा पुन: चन्द र भट्ट निर्वाचित

बैतडी,जेठ २ । बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् ।

आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २ हजार ४ सय ८८ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै बिना भट्टले ३ हजार ६४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) का राजेन्द्र चन्दले २ हजार ५ सय मत प्राप्त गरेका छन् ।

पञ्चेश्वर गाउँपालिकाको वडा नं। १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नं। २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएकाछन् । वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द विजयी भएका छन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर विजयी हुँदा वडा नं. ६ मा एमालेका रामसिंह पुजारा विजयी हुनुभएको छ छन् । वडा नम्बर ६ मा नेकपा एमालेका जनक बहादुर चन्द विजयी भएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv