कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसको अग्रता

काठमाडौं,जेठ २ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् । सोमबार दिउँसो नेकपा एमालेका उम्‍मेदवार रामेश्वर ढुंगानालाई पछि पार्दै कार्की ४९६ मतको अग्रता लिएका हुन् ।

कार्कीले ३ हजार ६५७ मत पाउँदा प्रतिस्पर्धी एमालेका रामेश्वर ढुङ्गानाले ३ हजार १६१ मत प्राप्त गरेका छन् । हालसम्म वडा नम्बर १ र ९ को मतगणना सकिएको छ । हाल वडा नम्बर २ र ८ को मतगणना जारी रहेको छ । वडा नं २ मा कार्कीले ३८० र ढुङ्गानाले २९५ मत पाएका छन् भने वडा नम्बर ८ मा कांग्रेसले ३६७ र ढुङ्गानाले १८० मत ल्याएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv