मोडल सन्जिब ठकुरीको गीत “मेरी आमा” को भिडियो सार्वजनिक

काठमाण्डौं १६ पौष । सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउने आमा नै हुन् । त्यसै सम्बन्धी आधारित रहेको मोडल सन्जिब ठकुरीको “मेरी आमा” गीतको ठकुरी फिल्मस्को आयोजना र उद्धब ठकुरीको सभापतित्वमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

गायक अमृत खातिको संचालन रहेको सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा लोक संगीतका धरोहर कुमार बस्नेत रहेका थिए । कार्यक्रममा सांगीतीक क्षेत्रका बिशिष्ट ब्यक्ती र पत्रकारहरुको उपस्थिीती रहेको थियो ।

“मेरी आमा” नामक गीतमा राम कुमार नेपाली (आर.के.) को स्वर रहेको छ भने अशोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा मिलन बिकको सम्पादन, दुर्लभ श्रेष्ठको छायांकन रहेको छ ।

उक्त गीतको भिडियोमा सन्जिब ठकुरी, उनकै आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv