तेस्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट बाट नेपाल प्रबेश

काठमाण्डौं,चैत १२ । कोरोना भाइरस (कोभिड-१९)का तेस्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट राति १०ः०९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको जनाइएको छ । हाल वहाँको परिचय खुलाइएको छैन ।

कुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । वेवसाइटले कहाँको कसलाइ संक्रमण भएको भन्ने केही खुलाइएको छैन ।


यद्यपी संक्रमितको संख्या ३ बनाइएको छ । योसँगै आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या दुइ भएको छ भने एक जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कि सकेका छन । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको लागि ६८७ जनाको नमुना परीक्षण गरे पनि अहिले सम्म ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv