कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम :संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ,चैत १३ । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन्।

एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए।
आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ।