प्रेस काउन्सिलले अनुगमनलाई पार्यो तीव्र आचारसंहिता पालना नगरे कार्वाही गरिने

काठमाण्डौं,चैत १३ । प्रेस काउन्सिलले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन कडाइ गरिएको हो ।

अनुगमनको क्रममा २०७६ चैत्र १० गते विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे स्पष्टिकरण सोध्ने, सचेत गराउने र १६ वटाको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने काम भएको छ भने २०७६ चैत ११ गते १ वटासँग स्पष्टिकरण मागिएको छ । त्यस्तै सूचीकरण तथा दर्ता नभएका ५ वेबसाइट नेपालमा नखुल्ने गरी प्रबन्ध मिलाइएको छ ।

कोरोना संक्रमण रोकथामको लागि देशभर आवतजावत बन्द गरी आमजनता घरभित्रै बसिरहेको अवस्थामा पनि काउन्सिलले दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तो संवेदनशील घडीमा सम्पूर्ण सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक र पुष्टि हुने समाचार समाग्री मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv