इन्डक्सन चुल्हो प्रयोगकर्तालाई प्रोत्साहन विद्युत महसूल र भन्सार महसूल छूट दिने

काठमाण्डौं,चैत १३ । सरकारले इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्न भन्दै विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने भएको छ । कोरोना रोकथाम उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

अभाव चर्किएपछि अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ । त्यसलाई हटाउने गरी सरकारले विद्युत महसूल र भन्सार महसूल छूट दिने निित लिन लागेको हो ।

ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय पनि गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv