टेकु अस्पातल देखी टिचिङ अस्पातल सम्म जे देखीयो (भिडियो सहित)

नेपाल सरकारले लकडाउन गरेको आज छैठौं दिन पुगेको छ । यही क्रममा हाम्रो नियात्रा टिभीको टोली पनि काठमाण्डौं उपत्यकाको अवस्था र सरकारी तथा प्राइभेट अस्त्पातलले गरेको तयारीको भिडियो खिच्न बिभिन्न सो क्षेत्रमा पुग्यौं । यसै क्रममा हामीले गौशाला,नयाँ बानेश्वर,माइतिघर,मण्डला,थापाथली,त्रिपुरेश्वर,टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातलको दृश्य पनि लियौं ।

त्यहाँ हामीले देख्यौं केही बिरामीहरु जाँच्न आएका थिए । कसैले पनि आ–आफ्नो परिचय हामी सँग नदिए पनि । केही आफुमा कोरोना संक्रमण छ कि भनेर प्रारम्भिक चेक जाँच गर्न आएका जस्ता देखिन्थे भने केही अन्य रोगको उपचारका लागि आएका जस्ता देखिन्थे । अस्पातल को वरपर खासै ब्यवस्थित नदेखिए पनि केही डाक्टरहरुले ब्यक्तिगत सुरक्षित पहिरन लगाएका देखिन्थे ।

कोरोना भाइरस (कोभिड–१९)को कहर बिश्वभर फैलिएको छ । तर त्यस्तो रोगको उपचार गर्ने चर्चित अस्पतालको निकै फितलो तयारी देख्दा निःशब्द भइयो । त्यसपछि कलंकी,स्वयम्भु,बालाजु,गोंगबु,चक्रपथ हुँदै महाराजगंज स्थित शिक्षण अस्पताल पुग्यौं । उक्त अस्पतालको बाहिरी दृश्य र तयारीमा जे देख्यौं । हेर्नुहोस् भिडियो : –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv