कोरोना संक्रमणबाट हामी ९८ % सुरक्षित छौं : डा. रवीन्द्र पाण्डे, (जनस्वास्थ्य विज्ञ)

काठमाण्डौं,चैत २३ । कोरोना संक्रमणबाट हामी ९८ % सुरक्षित रहेको जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे ले बताएका छन । उनले आफ्नो फेसबुक मार्फत स्ट्याटस लेख्दै सो कुरा उल्लेख गरेका हुन । कोरोना संक्रमणका बारे आफ्नो धारणा लेख्दै भनेका छन –

  • चीनले हिंजो सय जना भन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमण बिरुद्धको खोप लगाएको छ | उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ |
  • अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ |
  • सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदैछन् |
  • कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि बिभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेकाछन् |
  • यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरुले कोरोना संक्रमणमा उत्साहप्रद रुपमा काम गरिरहेका छन् | यी औषधिबाट लाखौँ व्यक्तिले जीवन पाइरहेका छन् |
  • मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा ब्यापक प्रयोग गरिएको छ | यी औषधिको सफलता सोंचेभन्दा राम्रो आएको छ |
  • सेकेण्डरी इन्फेक्सन रोक्नको लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभाबकारी काम गरिरहेका छन् |
  • बेलायती राजकुमार चार्ल्स ७१ बर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ | यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन | साथै आयुर्बेद, होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ |
  • बीबीसीका अनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ बर्षिय पुरुष र उनको ८८ बर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन् |
  • भारतले कोरोना संक्रमण २ घन्टामा पत्ता लगाउने किटको आविष्कार गरेर ब्यापक जांच गर्दैछ | त्यो किट सस्तो एबम भरपर्दो मानिएको छ | यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो |
  • नेपालमा बिभिन्न अस्पतालमा आइसीयु, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परिक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ | साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ | कारणबश रोग फैलिएमा चीन, भारत लगायतका देशहरु सहयोग गर्न तम्तयार भएका छन् |
  • कोरोना संक्रमणबाट बालबालिका तथा युवाबर्ग सुरक्षित भएको हुँदा बच्चाको लागि आमाबुवाहरुले डर मान्नुपर्दैन |
    -हामी नेपालीले बिसिजीको खोप लगाएका छौं , समयसमयमा जुकाको औषधि, हात्तीपाइले रोगको औषधि खाएका छौं | तसर्थ जोखिम न्यून छ |
  • नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ | त्यो मृत्यु पनि अन्य बिभिन्न रोगको कारण मृत्यु उन्मुख व्यक्तिको मात्र हुनेछ | स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन |
  • नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन | बिकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ | मृत्यु दर अत्यन्तै न्यून छ |
  • आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ |
  • इटली लगायतका देशको जुन भयाबह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयाबह छैन | जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो | मृत्यु धेरैको भएको छ तर कस्तो जनसंख्याको मृत्यु भएको छ भन्ने बुझ्नु जरुरी छ |
  • त्यसैले हल्लाको पछि लागेर आत्तिने नगरौं | आत्तिएर निको हुने होइन | सतर्कताले रोकथाम गर्छ | तसर्थ सतर्क बनौं | अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशाबादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो |



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv