लकडाउनलाई बेवास्ता गर्दै कोटेश्वरदेखी लोकन्थली सम्म एकाएक यात्रुको भिड
काठमाण्डौं,बैशाख ९ । स्थानीय निकायहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि मंगलबार साँझ भक्तपुरकाे गठ्ठाघर क्षेत्रमा घर जानेको भीड लागेको छ । लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिँडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफैं सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् ।
लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिंडेरै घर जानेहरुको संख्या बढ्दै गएको थियो । तर यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जनप्रतिनिधि र स्थानीय तहले आफै सावारीसाधनको व्यवस्थापन गरेर मानिसहरुलाई गन्तब्य सम्म लैजाने व्यवस्था मिलाएका हुन् ।
हेर्नुहोस् यो भिडियो :-