८ दिन पछी ज्ञानेन्द्र शाही रिहा ,पत्रकार माझ भने मलाई माफ गर्नुस् (भिडियो सहित )

काठमाण्डौं,बैशाख १६ । स्थानिय तहसंग समन्वय नगरी राहत बाँडेको र सुरक्षाकर्मीको परिवारलाई जथाभावी शब्द प्रयोग गरेका कारण प क्रा उ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतको आदेशसँगै रिहा गरिएको हो । भ्रष्टाचार वि रो धी अभियन्ताका रुपमा आफुलाई चिनाउन मन पराउने ज्ञानेन्द्रका अभिब्यक्ति अलि उग्र प्रकृतिका हुन्छन् । त्यसैले पनि उनी बेलाबेलामा वि वा दित हुने गरेका छन् । सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई मंगलवार रिहा गरेको हो ।

शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन उ ल्लंघ नको आ रोप मा वैशाख ९ गते पक्राउ परेका थिए । शाहीलाई प क्रा उ गरी गैरकानूनी रुपमा हि रास तमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई प क्रा उ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । ८ दिन पछि हिरासतवाट छुटेका ज्ञानेन्द्रले रिहा भए लगत्तै आफ्नो जित सबैको जित भएको बताए ।

उनले आफु हि रास तमा भएका कारण राहत दिन नपाएको भन्दै माफि मागेका छन् । सरकारले आफुलाई राहत दिने काम गर्न नदिएका कारण आफ्नो इच्छा पुरा गर्न नपाएको बताएका छन् । उनले आफ्नो रिहाईले न्यायलय जिवितै रहेको प्रमाण छ भन्ने देखाएको बताए । अब पनि आफ्नो अभियान जारी राख्ने उनले बताएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - new[email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv