वर्तमान अवस्थामा राज्य ब्यवस्था परिवर्तनको बहस किन सान्दर्भिक छ ? – किरण शाह (बिचार)

किरण शाह ,बैशाख १७ । जहांनीया राणा शासनको अन्त्यको उदेश्य राखी मिती २००४ सालमा स्थापना भएको नेपाली काँग्रेसको सहयोगमा राजा त्रिभुवनले राज गद्धी त्याग गरी विद्रोह गरेका कारण नेपालमा २००७ सालमा प्रजातन्त्र आएको थियो। प्रजातन्त्रको स्थापना पस्चात २००८ सालमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। २००७ सालदेखी २०१७ साल सम्म राजनीतिक पार्टीहरु बिच सत्ता र शक्तिको आपसी खिचातानीले देशमा अस्थीरता पैदा गरेको कारण राजा महेन्द्रले राजनीतिक पार्टीहरुको हातबाट सासन सत्ता आफ्नो हातमा लिई राजनितीक दलहरु माथी प्रतीबन्ध लगायको थियो ।

नेपालको इतिहासमा शाहबंसको राजाहरु मध्य बडामहाराज धिराज पृथ्वी नारायण शाहले नेपालको निर्माण गरी राष्ट्र निर्माताको रुपमा अमर रहे भने राजा त्रिभुवनले आफ्नो राजगद्धी त्याग गरी नेपाली काँग्रेस सँग मिली राणाहरूको बिरुद्ध विद्रोह गरी नेपालमा प्रजातन्त्र स्थापना गरेको कारण राष्ट्रपिताको रुपमा अमर रहे भने राजा महेन्द्रले दलहरुको खिचातानीलाई समाप्त गरी आधुनीक नेपाल निर्माणको जग बसाल्दै राष्ट्र र राष्ट्रियताको उभार ल्याए जस्को कारण राजा महेन्द्र आज पनी आधुनीक नेपालको निर्माताको रुपमा अमर रहे ।

राष्ट्र र राष्ट्रिय, आधुनीक बिकास, शासन ब्यबस्था र प्रजातन्त्रको बहस चल्दा आज पनी ति तमाम बहसहरु नेपालको निर्माता बडामहाराज धिराज पृथ्वी नारायण शाह, राष्ट्र पिता राजा त्रिभुवन र आधुनीक नेपालको सुत्रधार राजा महेन्द्रको गाथा बिना अपुरो हुन्छ ।


राज संस्था र पार्टीहरुको द्वन्द्वको बिजारोपण २०१७ सालमा भएको थियो। द्वन्द्वको बिजारोपणको दोष कोहीले राजा महेन्द्रलाई र कोहीले दलहरूलाई दिने गरेको पाइन्छ तथापी राजा महेन्द्रले आफुलाई द्वन्द्वको बिचमा पनी आधुनीक नेपालको बिकासको सुत्राधारको रुपमा स्थापित गर्न सफल भएका थिए।राजा महेन्द्र संग जोडेर आज पनी हाम्रो समाजमा देश भक्त राष्ट्र भक्तको थुप्रै किस्साहरू जन जिब्रोमा अल्झीएका छन ।

२०१७ सालमा बिजारोपण भएको दल र राज संस्थाको द्वन्द्वले देशमा ठुल ठुला राजनितीक घट्नाहरु घटे जस्को कारण बिकासको गती राम्रो संग अगाढी बढ्न सकेन। नेपालले बिकासको फड्को मारदा बिस्व रंग मन्चमा उत्पतीनै नभएको देशहरूले बिकासको गतीमा नेपाललाई नराम्रो संग उछिन्यो तर नेपाल विकासोन्मुख देशको रुपमा रही रह्यो र आज पनी विकासोन्मुख देशको रुपमा रही रहेको छ ।

राज संस्था र दलहरुको द्वन्द्व २०४७ सालमा आएर प्रजातन्त्रको पुनर्बहाली पछी अन्त्य भएको थियो ।

प्रजातन्त्रको पुनर्बहाली पस्चात राजनितीक दलहरुले सक्ती सम्पन भई राज्य सक्ती आफ्नो हातमा लिए भने राज संस्था सक्ती हिन भई संबैधानीक राजाको रुपमा रहे। राजनितीक दलहरूले राज संस्थाबाट शासन सत्ता आफ्नो हातमा लिए पस्चात पनी देशमा राजनितीक स्थीरता कायम रहन सकेन। दलहरु बिच सत्ता र शक्तिको लागी चरम द्वन्द्व हुन थाल्यो जस्को कारण नेपाली जनताले राजनीतिक दलहरुसंग अपेक्षा नगरेको पजेरो काण्ड सुरा सुन्दरी काण्ड घट् थाल्यो र ती काण्डै काण्डहरु देखाउदै २०५२ सालमा कम्युनिष्ट पार्टीको एउटा हांगा हतियार सहीत दीर्घकालीन जनयुद्ध गयो।

सत्ता शक्तीमा केन्द्रीत राजनितीक दल र दीर्घकालीध जनयुद्ध घोषणा गरेको दल बिच ठुलै राजनितीक द्वन्द्व भयो १५००० हजार भन्दा बढी निर्दोष जन्ताको ज्यान गयो साथ साथै दलहरुको राजनैतीक दाउपेचमा परी बिस्व सामु सभ्य शिक्षित र शान्ति प्रिय राजाको उपमा पाएको राजा वीरेन्द्रको बंश नास भयो।

सत्ता र शक्ती हातमा लिएको राजनैतीक दलहरूले आफ्नो राजाको सुरक्षा गर्न सकेनन् र सुरक्षा गर्न आबस्यक ठानेनन् ।

राजा वीरेन्द्रको हत्या भए पस्चात झण्डै २५० वर्ष लामो राज संस्था कमजोर भयो जस्को ऐन मौका हेरेर दलहरूले गणतन्त्रको घोषणा गरी राज संस्था अन्त्य गरी राजा महेन्द्र संगको प्रतिशोध लिए ।

प्रजातन्त्रको पुनर्बहाली भएको ३० वर्ष र राज संस्था अन्त्य भएको १३ वर्ष पुगीसक्दा पनी आज देशको अबस्था हिजोको जस्तै छ। राजनैतीक दलहरु सत्ता र शक्तिको लागी लडिरहेछन, जन्ता अलाप बिलाप गरी रहेको छ। भ्रष्टाचार मौलाई रहेको छ। असान्ती मच्ची रहेको छ। देशको सिमाना मिची रहेको छ। देशको अर्थतन्त्र जर्जर बनी रहेको छ। राष्ट्र र राष्ट्रियता प्रती आंच आई रहेको छ। खुलम खुल्ला देश टुक्राउने आबाज ठुलो हुंदै गएको छ। जिम्मेवार र ब्यक्ती र दलहरूले बहु राज्यको वकालत गरी रहेका छन्। जातीय सद्भाब बिथोलीएको छ। राष्ट्रिय एकता खण्डीत भईरहेको छ। सरकार र दलहरु प्रती जन्ताकोमा असुन्तुष्टी बढ्दै छ। कानुनी राज्यको उपहास भएको छ यि सबै नकारात्मक सुचांकहरुलाई हेर्ने हो भने बास्तबमा देश असफल राज्यको (Failler State) रुपमा रुपान्तरण भई रहेको छ ।

देशलाई असफल राज्य हुंन बाट जोगाउ ने एक मात्र उपाए भनेको राजनैतीक स्थीरता हो। लामो राजनैतीक खिचातानील देशको बिजोक भएको महसुस गरी राजनैतीक स्थीरताकै लागी नेपाली जनताले कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाइ मत दिए तर राजनैतीक स्थीरता हुन सकेन। सरकार देश र जन्ताको लागी भन्दानी। सत्ता र शक्तिको लागी केन्द्रीत भए। सरकार दलहरु सत्ता र शक्तिको लागी मरीहत्ते गरे। सत्ता र शक्तिको लागी बिदेसिहरुको आशीर्वाद लिन तछाड मछाड किन गरे ? अब नेपाली जन्ता गम्भीर हुन जरुरी छ। जब राजनैतीक दलहरूले देशलाई भन्दा पार्टी, देशको झण्डा भन्दा आफ्नो पार्टीको झण्डा र जन्ता भन्दा आफ्नो पार्टीको कार्यकर्तालाई महत्व दिन थाले अब राजनैतीक दलहरूको यही ब्यबस्थाबाट देशको बिकास र राष्ट्र र राष्ट्रिएता अक्ष्युम्न रही रहन असम्भव छ तसर्थ राज्य संचालनको बिबाद रहीत राजनैतीक प्रणाली र ब्यबस्था बारे अब बहस हुन जरुरी छ। जुन ब्यबस्थाको सिदान्त आयातीत नभई नेपालमै फलेको फुलेको होस। जसलाई नेपाली माटोले लेपन गरेको होस जसमा नेपाली माटोको मिठो सुगन्ध होस। जस्लाई हाम्रो मा को बिर योद्धाहरुको पसिना र रगतले सिंचीएको होस। जुन हामी नेपालीहरूको रक्त रक्तमा समाहीत भएको होस ।

त्यो ब्यबस्था त्यो प्रणाली भनेको अब “अब पृथ्वी पथ” हुन सक्छ

“पृथ्वी पथ” नेपाली बिर योद्धा बडामहाराज धिराज पृथ्वी नारायण शाहको एक सफल कर्म र दिव्य उपदेश हो। जुन आज पनी सान्दरभीक र बहुमुल्य मात्र होइन मार्ग निर्देशक सिदान्तको रुपमा रही रहेको छ। जुन सिद्धान्तलाई राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा प्रयोगमा ल्याई सफल भएका थिए । लेखक किरण शाह ठकुरी सहयोग संजालका बरिष्ठ सल्लाहकार र अधिवक्ता हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv