पुर्व युवराज पारस राहत बोकेर अचानक पोखरा घुम्दा
पोखरा,जेठ १ । पूर्व राजपरिवारमा हिमानी शाह अहिले पनि लोकपृय छन् । उनको लोकपृयताका बारेमा जानकार पूर्व राजपरिवारले हिमानी ट्रष्ट मार्फत सामाजिक काम गर्दै आएका छन् । तर पूर्व युवराज पारस शाहको आफ्नै ब्यक्तिगत ब्यवहार कारण भने उनी परिवारवाट टाढा छन् । केही वर्ष देखि नेपालमै रहको पारस परिवार संग छैनन् । उनी एक्लै वस्दै आएका छन् । हिमानी सामाजिक काममा सकृय भइरहँदा यता पारस भने आफ्ना अनौठा ब्यवहारका कारण चर्चामा आइरन्छन् ।
तर पहिलो पटक होला पारसले पनि सामाजिक काम गरेका छन् । पोखरामा केही दिन देखि रमाइरहेका पूर्व युवराज पारस शाह पनि कोरोनाका कारण अप्ठेरोमा परेकालाई राहत बाँड्न निस्किएका छन् । उनले पोखराको जलहारी परिवारलाई राहत वितरण गरेका हुन् । गाडीमा राहतको सामग्री बोकेर उनी वस्तिमा पुगेका हुन् ।
सरकारले राहतका लागि एकद्धार नीति लागू गरेको भएपनि पारसले भने आफ्नो नीति खर्चमा राहत बाँडेका छन् । राहत वितरणका लागि पारस आफै जलहारी परिवारको वस्तीमा पुगेका थिए । पोखरा १८ पामेका जलहारी परिवारलाई राहत दिएका हुन् । त्यहाँ ४५ घर परिवारको बसोबास छ । लामो समयको लकडाउनका कारण जाल हा न्न नपाएर माछा मा र्न नपाएर दिनहुँको छाक टार्न स म स्या भएको थाहा पाएपछि उनले ब्यक्तिगत खर्चमा राहत दिएका हुन् ।
उनले सो वस्तीका ८४ वर्षीया रत्नमाया जलारीलाई राहत दिएर वितरणको सुरुवात गरेका थिए । उनले राहत वितरण गर्दा वृद्धवृद्धा र अपागंलाई प्राथमिकता दिएका थिए । उनले जनताको स म स्यामा आफुहरुको जहिले पनि पी डा जोडिएको भन्दै अप्ठेरोमा परेको थाहा पाएर आफु राहतका लागि आएको बताएका थिए ।
उनले आगामी दिनमा राहतको काम सुरु जारी राख्ने बताएका छन् । अब बल्ल लकडाउनको औचित्य सुरु भएको र यो समय लामो जाने भएकाले आफुले अब राहत वितरणको काम सुरु गरेको पारसले बताएको उनको सहयोगीले जनाएका छन् ।
राहत बाँड्न गाएका पूर्वयुवराज पारसले माक्स लगाएको र सामाजिक दुरी कायम गरेको भने देखिएन । राहत दिन उनी मोटरसाइकल चलाएर पुगेका थिए । उनको मोटरसाइकलमा राष्ट्रिय झण्डा फहराएको थियो । पूर्व युवराज पारस राहत बाँड्न आउने थाहा पाएका जलहारी परिवार जम्मा भएर प्रतिक्षालयमा बसेका थिए ।
पछि उनीहरुका लागि बस्ने कुर्चीको ब्यवस्था गरिएको थियो । केही दिन देखि पोखरामा रहेका पूर्वयुवराज पारस दिनहुँ पार्टीमा थिए । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत पार्टीको भिडियो सार्वजनिक गरिरहेका देखिन्थे । बेलाबेलामा फेसवुकमा उनले राखेका स्टाटसले पनि निकै चर्चा पाएका थिए ।