ब्रेक्रिङ्ग न्युज : आज एकै दिन ६२ जना कोरोना संक्रमित भेटिए

बाँके,जेठ ५ । कोरोनाकै कारण एक जनाले ज्यान गुमाएको बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को सं क्रम ण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै अन्य जिल्लामा थप ४ जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरी मोरंग, गुल्मी, धनुषा, रौतहट, दांग र धादिङका थप एक–एक जनामा संक्रमण पुष्टि भएको हो। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । बाँके अझै केही ब्यक्तिको रिपोर्ट आउन बाँकी नै छ ।

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जनाको कोरानोकै कारण निधन भएपछि २ सय ६३ जनाको स्वाव संकलन गरेर परिक्षणको लागि पठाइएको थियो । जसमध्य १९० जनाको मात्र रिपोर्ट सार्वजनिक भएको हो । १९० जनाको रिपोर्टमा ४७ जनाको कोरोना पुष्टि भएको हो ।

बाँके नरैनापुर गाउँपालिका वडा नं ५ स्थित क्वारेन्टाइनमा आइतबार विहान एक युवकको मृ त्यु भएपछि नरैनापुर क्षेत्रमा त्रा सको माहोल छ । मान्छेहरु घर भित्रै छन् । एकापसमा संकलित स्वाबको रिपोर्ट आउने बारे जिज्ञासा राख्दै बसेका छन् ।

नरैनापुर गाउँपालिकामा १३ वटा क्वारेन्टिन छन्। सबैमा गरेर अहिले साढे ७ सय ५९ जनालाई राखिएको छ। भारतसँग सीधा सिमाना जोडिएको हुनाले गाउँपालिकामा प्रवेश गर्नेहरुको संख्या दैनिक बढिरहेको छ। सो क्षेत्रमा भारतवाट आएकाहरुको ब्यवस्थापन गर्न निकै कठिन भएको छ । आइतवार निधन भएका कोरोना संक्रमितले पनि उपचार नै नपाएर ज्यान गुमाउनु परेको थियो ।

क्वारेन्टिन राख्ने ठाउँ नभएर विद्यालयमा राखिएको छ। गर्मीको समयमा लामखुट्टेको भए, खान र बस्नको राम्रो ब्ववस्था नहुँदा क्वारेन्टाइनमा बसेकाहरुको विजोग अवस्था छ । गर्मीमा टिनको छाना भएका घरमा बस्न सक्ने अवस्था छैन।

गतसाता बुधवार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा राति ३ बजे मृ त्यु भएको थियो । युवकको अन्त्येष्टी प्रत्यक्ष हेरेका स्थानीय बासिन्दा भन्छन्, यो निकै कठिन समय हो ।

डोजरबाट शव ब्यवस्थापन गर्ने दिन हाम्रै गाउँमा आउँछ यो कल्पना समेत थिएन, नरैनापुर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य भन्छन्, केहि ब्यवस्थापकीय समस्या भएपछि सं क्रम णको जोखिम गाउँपालिका क्षेत्रमा बढि छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv