संसदमा लिपुलेक बारे प्रधानमन्त्रीको सम्बोधन पछी नेकपा मसाल को आयो यस्तो बिज्ञप्ति

काठमाण्डौं,जेठ ७ । प्रधानन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालमा सामेल गरेर नक्सा प्रकाशित गर्ने र नेपालको भुमी फिर्ता गर्न कसैसँग सम्झौता नगर्ने भने पछी सर्वत्र प्रसंसा भएको छ । यसै बिच नेकपा मसालले पनि आफ्नो पार्टीको तर्फबाट समर्थन गर्दै बिज्ञप्ती निकालेको छ । पार्टी महामन्त्री मोहन बिक्रम सिंह द्धारा जारी बिज्ञप्ती को पुर्ण पाठ हेर्नुहोस् ।

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालमा सामेल गरेर नक्सा प्रकाशित गर्ने जुन निर्णय गरेको छ, त्यसका लागि हामीले सरकारलाई धन्यवाद दिन्छौँ । सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि शाहसिलो कदम उठाउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । त्यस सन्दर्भमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतबारे भारतसित प्रभावशाली प्रकारले पहल गर्दै आवश्यकताअनुसार त्यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, संयुक्त राष्ट्रसङ्घ वा अन्तर्राष्ट्रिय अदालतमा लैजाने तथा नेपालको मु्द्दाको पक्षमा विश्व जनमत तयार पार्न सरकारले पहल गर्नेछ भन्ने पनि हामीले आशा गरेका छौँ ।
नीति र कार्यक्रममा एमसीसीलाई समावेश गरिएकोमा हाम्रो पार्टीले पहिले नै गम्भीर आपत्ती प्रकट गरेको छ । हामीले त्यसलाई नीति र कार्यक्रमबाट हटाउनको लागि माग गर्दछौँ । त्यसो नगरिएमा हामीले सरकारलाई दिएको समर्थन कायम राख्दा राख्दै पनि सदनमा प्रस्तुत गरिएको नीति र कार्यक्रमलाई समर्थन नगर्ने कुरा स्पष्ट गर्न चाहन्छौँ ।

महामन्त्री मोहन बिक्रम सिंह
२०७७ जेष्ठ ६ गते ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv