बाँकेको नरैनापुरमा कोरोना संक्रमितको संख्या अत्याधिक बढे सेना परिचालन गरि सुरक्षित स्थानमा लगियो

नेपालगन्ज, ११ जेठ । बाँकेको नरैनापुरमा कोरोना संक्रमितको संख्या अत्याधिक बढेर ब्यवस्थापन गर्न समस्या भएपछि निशेधाज्ञाा घोषणा गर्दै सेना परिचालन गरिएको छ । संक्रमितलाई आइसोलेसनमा राख्न नदिएर स्थानिय नै अवरोधमा उत्रिएपछि सेना परिचालन गर्ने निर्णय गरिएको हो । स्थानियले संक्रमितलाई आइसोलेसनमा ल्याउन नदिने, संक्रमित पनि क्वारेन्टाइनवाट भाग्ने गर्न थालेपछि नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोनाकै कारण नरैनापुरको क्वारेन्टाइनमा एक जनाको ज्यान गइसेकेको छ । पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् ।

पालिकामा कोडभ संक्रमितको संख्या थपिंदै गएपछि स्थानीय सरकारका प्रमुख इस्तियाक अहमद शाहले यसअघि नै पालिकाको नियन्त्रण बाहिर अवस्था पुगिसकेकको बताउँदै आएका थिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अवस्था नियन्त्रण वाहिर गएपछि सेना परिचालनको निर्णयमा पुगेको बताएका छन् ।

भारतीय सिमानामा रहेको नरैनापुरमा भारतवाट लुकिछिपी आउनेको क्रम रोकिएको छैन । क्वारेन्टाइनमा बसेकाहरुपनि रातिमा आफ्नै घर जाने गरको छन् । शनिवार पनि नरैनापुरमा २७ जना नयाँ संक्रमित थपिएका छन् ।

बाँकेमा विकट मानिएको नरैनापुमा अहिलेसम्म क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन र परीक्षण भैरहेको छ । क्वारेन्टाइनले मापदण्ड पूरा गर्न नसकेको भन्दै यसअघि नै अदालतमा रिट परिसकेको छ । क्वारेन्टाइनमा बस्नेहरु समेत अनुशासित नरहेको स्थानीयले जानकारी दिएका छन् ।

नरैनापुरमा कोभिड विरुद्ध समुदायबाट नै पालिका, स्वास्थ्यकर्मी र प्रशासनले सहयोग पाउन सकेको छैन । कोभिड पोजेटिभ बिरामीहरु आइसोलेसनका लागि ल्याउनका लागि पटकपटक अवरोध हुने गरेको छ । शुक्रबार पोजेटिभ भेटिएका १३ जनालाई आइसोलेसनमा लैजान नदिने भन्दै क्वारेन्टाइनबाटै भगाइएको समाचार सञ्चारमाध्यममा आइसकेको छ । प्रहरीले जोखिम मोलेरै भएपनि उनीहरुलाई खोजेर आइसोलेसनमा राखेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv