कोरोनाको कहर र राज्यको अबको भुमिका – किरण शाह

“जन्मे पछी मर्नुपर्छ यो शाश्वत सत्य हो” तर मर्न देखी सबै डरांउछ किनकी मृत्यु कसैले देखेको हूंदैन।
मानविय जिवन प्रकृतिको अनुपम उपहार हो अमुल्य छ जुन कुनै बस्तु संग तुलना हुंन सक्दैन।
बिस्वमा धन सम्पत्ति, आधुनिक बिधी बिज्ञान, ताम झाम र सुख सयललाई कोरोना भाइरसले हुर्मत लिइरहेको छ। मानिसले बांच्नकै लागी जती सुकै बल लगाउदा पनी कोरोनाको मृत्युबाट बच्न कठीन हुंदैन गएको छ। बिस्वका प्राय सबै मुलुकहरूले कोरोना बाट बच्ने उपाए हाललाई सामाजिक दुरी र बन्दा बन्दी नै एक मात्र उपाए देखीरहेका छन त्यसैले जवरजस्ती प्रयोग गरी रहेका छन्।


सामाजिक दुरी र बन्दाबन्दी बिकसीत देशका लागी उचीत उपाय हुन सक्छ किनकी ति देशहरु आर्थिक रुपले सम्पन्न छन् अनी आफ्नो जन्ताहरुलाई रोग बाट नसके पनी भोग बाट जोगाउन सक्षम छन् तर नेपालमा कोरोनाको कारण जन्ता बिलख बन्दमा परेको छ सरकार आफै निरीह छ किनकी सरकार संग नत कोरोना संग लड्ने पर्याप्त साधन स्रोत छ नत जन्तालाई भोग बाट जोगाउन आर्थिक रुपमा सम्पन्नता यस्तो बिसंम परीस्थीतीमा उच्चतम बुध्दी र बिबेकको प्रयोग गरी भएको स्रोत साधन को उचीत प्रयोग बाहेक अर्को बिकल्प थियन र छैन।


के सरकारले बिगतमा आफ्नो जन्तालाई कोरोनाबाट जोगांउन उच्चतम बुध्दी र बिबेकको प्रयोग गरी आफु संग भएको स्रोत र साधनको समुचीत प्रयोग गर्यो त ? पक्कै गरेन यदी गरेको भए आज बन्दा बन्दीको ७० औ दिन सम्म आईपुग्दा किन स्वदेशमा जन्ता रोगको डर संगै भोकले छटपटी रहेका छन् भने उता बिदेसमा रहेका नेपालीहरु रोग र भोग संग पौंठे ज्वरी खेलिरहेका छन्। स्वदेशमा रहेका नेपालीहरु रोगले भन्दा भोगले अतालीएको कारण सरकारको बन्दा बन्दी उल्लंघन गर्न तम्तयार छन् उता बिदेसमा रहेका अधिकांश नेपालीहरु आफुहरु रोग र भोग दुवैले ग्रसित भई बांच्नकै लागी स्वदेश फर्कन आतुर छन्। सरकार अब गर या मरको अबस्थामा छ। हिजोको जस्तो सुबिधा चौतर्फी बाटाहरुमा आज सरकार संग अब छैन किनकी हिजो सरकारले बुध्दी र बिबेकको प्रयोग नगरदा सरकार चौतर्फी समस्या नै समस्याले घेरीएको छ। सरकारको गलत रबैयाकै कारण बिगतमा राजधानी बाट गांउ फरकने जन्ता हरुको कारुणिक दृष्य संगै बिदेसमा रहने नेपालीहरुको आर्तनाद देखेकै सुनेकै हौ।


सरकारले लामो समय देखी गरेको बन्दा बन्दीको बाबजुद नेपालमा हाल आएर कोरोना संक्रमितको संख्या दिन दुई गुना रात चौगुनाले बढ्दै छ भने मृतकको संख्या पनी बढ्ने क्रममा रहेको छ। हिजो औलामा गनीन सक्ने संक्रमितहरुको संख्या आज हजारौंको संख्यामा देखिसकेका छन् यस्को मुख्य कारण भनेको सरकार अर्थ हिन बन्दा बन्दीमा रमाउनाले नै हो। अब पनी सरकार गम्भीर नहुंने हो भने भयाबहको अबस्था सृजना हुंनेछ त्यसकारण ऐले पनी परीस्थीतीलाई समाल्न सक्ने अबस्था रहेको छ त्यसकारण गम्भीर बनौ सबै सक्ती कोरोना भाइरस नियन्त्रणम एंबम रोकथाममा लगांउ।

कोरोना रोकथाम एंबम नियन्त्रणका लागी सुझाबहरु :-
१) भारतबाट स्वदेस आंउनेहरुलाई परीक्षण अगाबै कुनै हालतमा समुह संग घुलमील हुंन नदीउ।
२)भारतबाट स्वदेश आंउनेहरुलाई बिस्व स्वास्थ्य संगठनको मापदण्ड बमोजीमको क्वारेनटाईन उपलब्ध गराउ।
३) क्वारेनटाईनहरु सकभर बस्ती र समुदाय भन्दा टाढा राखौ। क्वारेनटाईनमा बस्नेहरुको कडा कडा निगरानी एंबम सुरक्षा गरौ।
४) भारत बाहेक अन्य तेस्रो देश बाट नेपाल फर्कनेहरुलाई सुरक्षाको पूर्ण रुपमा बन्दो बस्तीगरी स्वदेश फर्कन आब्हान गरौ।
५) अन्तराष्ट्रिय त्रिभुवन बिमान स्थलमा कडा भन्दा कडा सुरक्षा र स्वास्थ्य परीक्षणको ब्यबस्था गरौ।
६) तेस्रो देश बाट स्वदेस फर्कनेहरुलाई सम्बन्धी जिल्लामानै क्वारेनटाईनको ब्यबस्था गरौ साथै सम्बन्धित जिल्लामा पुराउन सम्भब भय सम्म घरेलु बिमानस्थल र सुरक्षित सबारी साधनको प्रयोग गरौ।


७) बिदेसबाट आंउनेहरुको अनिवार्य बिबरण संकलन गरी सुरक्षित राख्दै नियमीत अनुगमन गरौ।
८) बिदेसबाट आंउनेहरुलाई आफ्नो स्वईच्छाले आफ्नो घरमा क्वारेनटाईन बस्ने होईनकी अनिवार्य सरकारी अनुगमन सहीतको क्वारेनटाईनमा राखौ।
९) क्वारेनटाईनमा बस्नेहरुको जती सक्दो छिटो बिस्वासीलो प्रबिधी प्रयोग गरी परीक्षण गर्न जोड दिउ।


१०) औचित्य सहीतको थप २ महीना बन्दा बन्दी गरी बन्दा बन्दीको अबधीमा भोग बाट जोगांउन बिबरण संकलन गरी बिपन्न परीबारलाई राज्यको संरचना मार्फत घरघरमा तयारी दुई छाक खानाको ब्यबस्था गरौ अथबा कडा कडा भन्दा सुरक्षा र स्वास्थ्य ब्यबस्थाको साथ बिपन्न परीबारलाई दैनीक जयालादारीमा आफु बसेको ठांउबाट नजीक श्रर्ममा लगांउने ब्यबस्था गरौ। यदी बेलैमा ध्यान नदीने हो भने रोग फैलने र भोगको कारणले रोगको बेवास्ता गरी सरकारको बन्दा बन्दीको अबज्ञा गर्ने होड चल्नेछ अनी परीणाम कल्पना भन्दा परको भयाबह अबस्था सृजना हुंनेछ।

अब पनी सरकार गम्भीर नहुंने हो भने भयाबहको अबस्था सृजना हुंनेछ त्यसकारण ऐले पनी परीस्थीतीलाई समाल्न सक्ने अबस्था रहेको छ त्यसकारण गम्भीर बनौ सबै सक्ती कोरोना भाइरस नियन्त्रणम एंबम रोकथाममा लगांउ।


कोरोना रोकथाम एंबम नियन्त्रणका लागी सुझाबहरु :-
१) भारतबाट स्वदेस आंउनेहरुलाई परीक्षण अगाबै कुनै हालतमा समुह संग घुलमील हुंन नदीउ।
२)भारतबाट स्वदेश आंउनेहरुलाई बिस्व स्वास्थ्य संगठनको मापदण्ड बमोजीमको क्वारेनटाईन उपलब्ध गराउ।
३) क्वारेनटाईनहरु सकभर बस्ती र समुदाय भन्दा टाढा राखौ। क्वारेनटाईनमा बस्नेहरुको कडा कडा निगरानी एंबम सुरक्षा गरौ।
४) भारत बाहेक अन्य तेस्रो देश बाट नेपाल फर्कनेहरुलाई सुरक्षाको पूर्ण रुपमा बन्दो बस्तीगरी स्वदेश फर्कन आब्हान गरौ।
५) अन्तराष्ट्रिय त्रिभुवन बिमान स्थलमा कडा भन्दा कडा सुरक्षा र स्वास्थ्य परीक्षणको ब्यबस्था गरौ।
६) तेस्रो देश बाट स्वदेस फर्कनेहरुलाई सम्बन्धी जिल्लामानै क्वारेनटाईनको ब्यबस्था गरौ साथै सम्बन्धित जिल्लामा पुराउन सम्भब भय सम्म घरेलु बिमानस्थल र सुरक्षित सबारी साधनको प्रयोग गरौ।


७) बिदेसबाट आंउनेहरुको अनिवार्य बिबरण संकलन गरी सुरक्षित राख्दै नियमीत अनुगमन गरौ।
८) बिदेसबाट आंउनेहरुलाई आफ्नो स्वईच्छाले आफ्नो घरमा क्वारेनटाईन बस्ने होईनकी अनिवार्य सरकारी अनुगमन सहीतको क्वारेनटाईनमा राखौ।
९) क्वारेनटाईनमा बस्नेहरुको जती सक्दो छिटो बिस्वासीलो प्रबिधी प्रयोग गरी परीक्षण गर्न जोड दिउ।


१०) औचित्य सहीतको थप २ महीना बन्दा बन्दी गरी बन्दा बन्दीको अबधीमा भोग बाट जोगांउन बिबरण संकलन गरी बिपन्न परीबारलाई राज्यको संरचना मार्फत घरघरमा तयारी दुई छाक खानाको ब्यबस्था गरौ अथबा कडा कडा भन्दा सुरक्षा र स्वास्थ्य ब्यबस्थाको साथ बिपन्न परीबारलाई दैनीक जयालादारीमा आफु बसेको ठांउबाट नजीक श्रर्ममा लगांउने ब्यबस्था गरौ। यदी बेलैमा ध्यान नदीने हो भने रोग फैलने र भोगको कारणले रोगको बेवास्ता गरी सरकारको बन्दा बन्दीको अबज्ञा गर्ने होड चल्नेछ अनी परीणाम कल्पना भन्दा परको भयाबह अबस्था सृजना हुंनेछ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv