रायमाझी परिवारको असारे गीत “पातली नानी” युट्युब मा (भिडियो)

काठमाण्डौ,असार १ । असार लागे सँगै नेपालमा मनसुन शुरु भएको छ । यती बेला नेपाल भर रोपाई गर्ने समय हो । यही मौका छोपी लकडाउनको बेलामा पनि आफ्ना स्रोता दर्शकका लागि रायमाझी परिवारका चार दिदि भाईले मौलिक असारे गीत “पातली नानी”(वाली) सार्वजनिक गरेका छन ।

आइतबार बिशाल रायमाझी युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा हरिमाया रायमाझी,बिशाल रायमाझी,सर्मिला रायमाझी,एलिना रायमाझी ले स्वर दिएका छन । लय शब्द संकलन हिरा बहादुर रायमाझी र पार्वती रायमाझी को रहेको छ । मारुनी डिजिटलमा रेकर्डिङ गरिएको उक्त गीतमा विश्वाश नेपालको संगीत संयोजन, रेकडिस्ट खुम राना मिक्सिङ कुमार रानाको रहेको छ । त्यस्तै भिडियो लाई राजकुमार मगर ले खिचेका छन ।


“हनिमा खोर्सी उकेर लाएँ असारे सेबीलाई,
पहिलो चराण गाएको गीत आकाशे देबीलाई
आहै आकाशे देबीलाई
कोदाली खन लौ फेरी भन आकाशे देबीलाई
आहै आकाशे देबीलाई
लौ तो बा लौ तो बा….आकाशे देबीलाई
आहै आकाशे देबीलाई …..!”

बिशेष गरी गण्डकी प्रदेशमा प्रचलीत भाकामा रहेको गीतमा शब्द पनि मौलिक र मार्मिक रहेको छ । रायमाझी परिवारले उक्त गीतमा न्याय दिएका छन । सरल शब्द र सुरिलो आवाजले स्रोता तथा दर्शकमाझ मन पराइने देखिन्छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv