काठमाडौं लगायतका सहर जोखिम बन्दैछन् : डा रबिन्द्र पाण्डे (जनस्वास्थ्य बिज्ञ)

लकडाउन खुकुलो भए यता मानिसहरुको आवतजावत निकै बढेको छ । निर्विवादरुपमा किनमेल हिडदुल गर्ने र सवारी आवागमन खुल्ला भएका छन । यो सँगै कोरोना संक्रमण फैलिने पनी उत्तिकै जोखिम भएको छ । सोही सन्दर्भमा जनस्वास्थ्य बिज्ञ डा रबिन्द्र पाण्डेले आफ्नो बिचार ब्यक्त गर्नु भएको छ । कोरोना संक्रमण काठमाण्डौं शहर लगायतका अन्य शहरहरुमा बढ्न सक्ने सम्भावना बारे वहाँको बिचार

१. माइक्रोबस, टाटा सुमो तथा स्कर्पियोमा कोचाकोच मान्छे भरेर बिभिन्न जिल्लाबाट दैनिक हजारभन्दा धेरै मान्छे चोरीबाटोबाट काठमाडौं आइरहेका छन् । भीमढुंगा, फर्पिंग, ककनी, साँगा, टोखा लगायतका दर्जनौं नाकाबाट बिना चेकजांच मान्छे ओइरिने क्रम बढिरहेको छ । प्रहरीप्रशाशन आवतजावत ब्यबस्थित गर्न असफल भएको छ ।


२. काठमाडौंका सडकमा ट्राफिक जाम छ । जोरबिजोरमा कुनै कडाइ छैन ।
३. बजारमा कोरोनापूर्वको अवस्था छ । भीडभाड छ । भौतिक दुरी कसैले पनि पालना गरेका छैनन् ।


४. अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन ।
५. अस्पताल वरिपरिका होटेल तथा चियापसलमा मान्छेहरु जोडिएर बसेका छन् ।
६. ९० % व्यक्तिले नाक वा घांटीमुनी मास्क लगाएको देखिन्छ ।
७. टेस्ट नै नगरि घर पठाउने स्वास्थ्य मन्त्रालयको ‘ हावादारी ‘ निर्णयले संक्रमित गाउँगाउँमा पुगेका छन् ।


८. PCR को रिपोर्ट आउन २ हप्ता लाग्न थालेको छ । कोरोना भाइरस RNA भाइरस भएको तथा RNA अत्यन्तै छोंटो समय रहने भएकोले खात लागेका स्याम्पलबाट सहि रिपोर्ट आउने सम्भावना कम छ ।


९. काठमाडौं लगायत जनघनत्व धेरै भएका सहरमा परिक्षणको दर ‘ छैन बराबर छ ‘ ।
१०. सरकारले कोरोना नियन्त्रणको भिजनरी रणनीति नबनाउने हो भने काठमाडौं लगायतका सहरमा कोभिड प्रकोप अनियन्त्रित हुने खतरा छ ।


११. भारतबाट नेपाल आउने दाजुभाइ तथा दिदीबहिनीलाई अत्यन्तै कष्टकर अवस्था छ । उहाँहरुलाई न परीक्षण, न राम्रो क्वारेन्टाइन न सुरक्षित रुपमा थातथलो पठाउने ब्यबस्था छ ।
१२. कार्य सम्पादनमा असक्षम देखिएका मन्त्रीलाई आराम गर्ने सुबिधा दिएर एबम काम गर्न सक्ने इमान्दार तथा सक्षम व्यक्तिको टिम बनाएर काम नगर्ने हो भने हामी कोहि पनि सुरक्षित हुने छैनौं ।


यो संकटलाई सुरक्षितरूपमा अवतरण गराएमा वर्तमान सरकारको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ | अन्यथा यी खेलाडीहरु खलपात्रको रुपमा स्थापित हुने डर छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv