नाई स्रमिक द्धारा कैलैया उपमहानगर प्रमुखलाई ज्ञापन पत्र

कलैया, बारा,असार ४ । बिश्व ब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट नाई श्रमिकहरु सब भन्दा बढी प्रभावित भएका छन । कोरोना भाईरस एक ब्यक्तीबाट अर्को ब्यक्तीमा नसर्रोस भने उदेश्यका साथ सरकारले गत २०७६ साल चैत ११ गतेबाट लकडाउन जारी गरेका छन। लकाडाउन भए देखि नै नाईहरुले पुर्ण रुपमा बन्द रहेका सैलुनहरु अहिले सम्म बन्दरहेकाले नाई श्रमिकहरु बढी प्रभावित भएका छन ।

बन्दाबन्धीको समयमा नाई श्रमिकहरुले राज्यको तर्फबाट अथवा निर्वाचित जनप्रतिनिधीबाट समेत कुनैपनि राहत नपाएका र लकडाउनको कारणले गर्दा घर परिवारको खर्च जुटाउन धौधौ परिरहेको नेपाल नाई संघ नगर समिति बाराले गुनासो गरेका छन ।

दैनिक संचालन गरि बिहन र बेलुकी आफन्नो गुजारा चलाउने नाईहरुलाई अहिले एक छाक टार्न समस्या भईरहेको छ। अहिलेको लकडाउनले गर्दा मर्न न बाच्न स्थितीमा पुर्याएको छ। भने एर्का तिर राहत नपाएर समस्यामा परेका नाईहरुले लकडाउनको अबधिमा कोठा भाडा र पसल भाडा छुटको ब्यबस्था हुनु पर्ने, बैक तथा सहकारी संस्थाबाट लिएको नाई श्रमिकको ऋण ब्याज छुट हुनु पर्ने, सरकारबाट सम्पुर्ण शैलुनमा काम गर्ने श्रमिकहरु लाई अनिबार्य रुपमा मास्क, सेनिटाईजर, पिपीई, ग्लब्स निशुल्क उपलब्ध गराएर शैलुन खोल्ने बाताबरण बनाईदिनु पर्ने, नेपाल नाई संघ नगर कार्य समिति बाराका अध्यक्ष ठगइ ठाकुरले कलैया उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

नगरका अध्यक्ष ठाकुरले मागको सम्बोधन नभए नाई श्रमिकहरु आन्दोलनमा उत्रिने जनकारी दिएको छ । समाचार स्रोत- मानिकचन साह



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv