यो हप्ता भक्त बीबी को पुन्य काम यस्तो,हजारौं ले पाए राहत

काठमाण्डौं,असार ५ । लकडाउन भए यता भक्त बीबी हेल्पिङ हेण्डस् फर ह्युमानिटीले देशभर सामाजिक सेवामा अग्रस्थान रही कार्य गर्दै आएको छ । यो साता पनि संस्थाले बिभिन्न स्थानमा सहयोग गर्दै आईरहेको छ ।
यो साता कहाँ कहाँ के के गयो हेर्नुहोस् :-

भक्त बीबी हेल्पिङ हेण्डस् फर ह्युमानिटी सहयोग र श्री बहादुर खडक स्‍मृति प्रतिष्ठानको सकृयतामा डडेल्धुराको स्याउले ट्राफिक चेक पोस्टमा
असार १ गते २०० जना , २ गते २४० जना,३ गते २०० जना र ४ गते ९० जना यात्रीहरुले निशुल्क भोजन गरेका छन ।

संस्थाको सहयोग र नेता केसब राज जोशि, सत्य राज भन्डारि र अरुण मल्लको पहलमा बझाङको १२ वटा स्थानिय तहका बिभिन्न कोरेनटाईनमा कोरोना महामारिका कारण बसेका महिला र पुरुषहरुलाई मास्क तथा साबुन बितरण गरिएको छ । सो कार्यक्रममा सुर्मा गापा अध्यक्ष नर बहादुर बोहरा, युबा नेता महेस मल्ल र यो सस्थाको सल्लाहकार निर्माण ब्याबसायी साजन मल्ल उत्तम मल्ल समाजसेबी सिता खड्का लगायतका ब्यक्तित्वहरु को सहभागीता रहेको थियो ।

असार ३ गते काठमाण्डौंमा लकडाउनका बेला संस्था संग आबद्ध रही स्वंयम सेवकको काम गर्दै आउनु भएका २ सय स्वंयमसेवकहरु र परिवारहरुलाई गरी केएन ९५ (KN-95) १००० प्रति मास्क बितरण गरिएको छ ।

असार ४ गते बिहीवार कामनपा वडा नं १० का कार्यरत कर्मचारीहरू एवम् जनप्रतिनिधिहरूका लागि ५० प्रति (केएन-९५) माक्स वडा अध्यक्ष रामकुमार केसीलाई हस्तान्तरण गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv