शुरु भयो कालापानी सीमा १ नम्बर पिलर क्षेत्रमा सशस्त्रको गस्ती

काठमाडौं, असार ८ । भारतले नेपालको भूमी अ’तिक्रम’ण गर्दै बाटो निर्माण गरेपछि जागेको नेपाल सिमानाको विषयमा अहिले चनाखो भएको छ । भारतले सबै छिमेकी देशसंग वैरभाव राख्दै सिमानामा आफ्नो प्रभुत्व जमाउने गरेको छ । त्यसैले कुनै पनि छिमेकी मुलुकसंग भारतको सम्बन्ध राम्रो छैन ।

सरकारले सिमाना रक्षाका लागि चासो देखाएसंगै पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको सीमा नाका १ नम्बर पिलर पुगेको छ । शसस्त्र प्रहरीले सो पिलरमा पुगेर खिचाएको तस्बिर सार्वजनिक भएको छ । सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो ।

यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो । केहीदिन अघि सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको छाङरु भ्रमण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।

गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो । सरकारले भारतद्धारा अतिक्रमित भूमी पनि पारेर नयाँ नक्सा जारी गरेको छ । सो नक्सा नेपालको संविधानको निसान छापमा पनि समावेश गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv