विदेशबाट उद्धार गरी ल्याइएकाहरुलाई बोकेर धनगढी जादै गरेको बस दुर्घटना


नवलपरासी,असार ८ । विदेशबाट उद्धार गरी ल्याइएकाहरुलाई बोकेर धनगढी जादै गरेको बस दुर्घटनामा परेको छ । काठमाडौंबाट धनगढीका लागि छुटेको बा ५ ख ८०७० नम्बरको बस नवलपरासीको चोरमारामा दुर्घटनामा परेको हो ।तीव गतिका कारण भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

उक्त बसमा दुवई, कतार र साउँदी अरबबाट आएका १८ जना सुदूरपश्चिम फर्किरहेका थिए । थप विवरण आउन बाँकि छ ।सरकारले ३ हजार भन्दा बढी नागरिकको उद्दार गरिसकेको छ ।

गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।शुक्रबारसम्म मलेसियाबाट १ सय १८, युएईबाट ३ सय १७, कुवेतबाट ८ सय ९८ जना नेपाली फर्किएका छन् ।

जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट ७ जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।यस्तै बङ्गलादेशबाट २ सय ५८ जना, ओमानबाट ३ सय १३, माल्दिभ्सबाट ३ सय ५, कम्बोडिया र सिङ्गापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट ५, साउदी अरबबाट १ सय ५३ र दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv