आज १ हजार २३१ जना नेपालीलाई स्वदेश फर्काइँदै

काठमाण्डौं,असार ११ । विभिन्न देशबाट विमान चाटर्ड गरी आज १ हजार २३१ जना नेपालीलाई स्वदेश फर्काइँदैछ ।

सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावास मार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ । सोही क्रममा आज ६ वटा देशहरुमा १ हजार २३१ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।
नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेका अनुसार युएइ बाट ३४७ जना, कतारबाट ३०८ जना, कुवेतबाट १५८ जना, बेलायतबाट १५८ जना, जापानबाट २६० जना नेपाल आउदै छन् ।

प्रवक्ता पाण्डेका अनुसार युएइबाट आउने ३४७ नेपाली मध्ये १५८ जना नेपाली हिमालयन एयरलाइन्स मार्फन नेपाल आउँदै छन् भने १८९ नेपाली फ्लाइ दुवइको विमानबाट नेपाल आउने छन् ।

यस्तै कतारबाट आउने ३०८ जना नेपाली मध्ये १५८ जना नेपाली हिमालयन एयरलाइन्स मार्फत नेपाल आउँदै छन् भने १५० जना नेपाली कतार एयरलाइन्स मार्फत नेपाल आउँदै छन् ।

यस्तै कुवेत र जापानमा रहेका नेपालीलाई नेपाल एयरलाइन्सले ल्याउने छ भने बेलायतबाट फर्किने नेपालीहरुलाई जजीरा एयरलाइन्सले नेपाल ल्याउने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv