५ बर्ष पछी साम्राज्ञीले मुख खोलिन : मलाई ह्र्यास्मेण्ट भयो (भिडियो सहीत )

नेपाली चलचित्र जगत कि चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफुले काम गरेका ८ चलचित्र मध्य ३ चलचित्र ब्यानरबार आफुले निकै दुर्ब्यवहार भोगेको बताएकी छिन । तर उनले आफु माथि नराम्रो ब्यवहार गर्ने ३ चलचित्र ब्यानरको नाम भने खोलेकी छैनिन । १७ बर्षको उमेरमा चलचित्रमा डेब्यु गरें त्यो बेला धेरैले हाम्रो क्षेत्र सानो छ कती कुरा बाहिर निकाल्नु हुन्न भन्नु हुन्न भन्थे । काम नपाउने चलचित्र नै नपाउने जस्तो कुरा गर्थे ।


हरेक चलचित्रको प्रमोशनमा जाँदा किन घमण्डी,किन मान्छेले घ्रिणा गर्छन् जस्ता प्रश्नले दिक्क हुँन्थे । मैले जती ब्यानर संग काम गरे त्यो मध्य धेरै सँग काम नदोहरिनु हो कारण वहाँहरु ले मलाई गर्ने ब्यवहार नै हो । एउटा कलाकार ले पाउने सानो सम्मान सम्म यहाँ पाइँदैन कती पटक दुर्ब्यहार गरिन्थ्यो तर ती सबै कुरा लाई जोक जस्तो मानेर अनुहारमा हाँसो ल्याएर काम गर्नु पर्थ्यो ।


उनले भनिन कती सम्म हुन्थ्यो भने समयमा खाना र पानीको ब्यवस्था भएन भनेर बोल्यो भने सबैको अगाडि अपशब्द प्रयोग गरेर बोलिन्थ्यो । हातै हाल्न आउने जस्तो गरिन्थ्यो धेरै बेर रुन्थ्यें अनी केही नभए जस्तो गर्थें केही नभए जस्तो गर्थें र मेकअप गरी फेरी सुटिङ जोइन गर्थें । किन कि मलाई काम सँग प्रेम छ,कामको सम्मान गर्नु पर्छ भन्ने मलाई थाहा छ । मैले आफ्नो काममा सकेको मेहनत गरेर काम गर्थें ।


चलचित्र क्षेत्रको ५ बर्षको समयमा ८ वटा चलचित्रमा काम गरेकी छु । तर त्यो बिच मा मैले धेरै नराम्रो अनुभव पनि भोगेकी छु । आफुले काम गरेका ३ वटा ब्यानरमा धेरै नराम्रो दुर्ब्यवहार भोगेकी छु जुन अहिले यहाँ भन्न सक्दिन । भन्दै विडियो पोस्ट गरेकी छिन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv