सुदुरपश्चिममा भक्त बी बी ले गर्‍यो यस्तो काम क्वारेन्टाइन देखी निशुल्क भोजन

सुदुरपश्चिम , असार १३ । यती बेला अरु क्षेत्रको तुलनामा सुदुरपश्चिम मा कोरोनाको जोखिम रहेको छ । त्यसैलाई मध्यनजर गरी भक्त बी बी हेल्पिङ हेण्ड्स फर ह्युमनेटी ले सुदुरपश्चिमका तराइ देखी पहाडी जिल्लाहरुमा राहतको प्याकेज लिएर पुगेको छ । यसै क्रममा सो क्षेत्रमा के के गर्‍यो त हेर्नुहोस्

१ असार ६ गते बझाङ जिल्ला थलारा क्षेत्रको क्वेरन्टाइनमा मास्क,साबुन सामाग्री बितरण गरेको छ । उक्त सामग्री बितरण गर्न संस्थाका जिल्ला सम्पर्क सदस्य श्री दुग्धेस्वर (देव) पाण्डे ज्यु को टिम उपस्थित रहेको थियो ।

२ असार ७ गते बझाङ्ग जिल्ला सल्लाहकार समिति द्वारा बझाङ्ग जिल्लाका १२ वटै स्थानिय निकायमा विश्वमाहामारी काेरना भइरसका कारण भारत तथा अन्य मुलुकबाट गृहनगर फर्कि क्वारेनटाइनमा बसेका दाजुभाइ तथा दिदि बहिनीहरूलाइ मास्क र साबुन वितरण गर्ने कार्य सम्पन्न गरियाे ।

उक्त कार्य सम्पन्न गर्न सहयाेगी हात तथा मनकारीहरु ब्यक्तित्व ध.उ.मा.न.पा.का मेयर नृर्प ब.वड ज्यु,सुर्मा गा.पा. का अध्यक्ष नर ब. बाेहरा ज्यु, संस्थाका सल्लाकार तथा शिक्षक संघ बझाङ्गका अध्यक्ष उतम मल्लज्यु, समाजसेबी सीता खडका ज्यु, युवा व्यवसायी तथा नेता महेश मल्ल ज्यु, संस्थाका सल्लाकार तथा निर्माण व्यवसायी साजेन मल्ल(अशााेक), युवा व्यवसायी तथा समाजसेबी मान ब. बाेहरा ज्यु , युबा नेता, अम्मर महर ज्यु, र गणेश बाेहरा ज्यु लगायत Bhakta BB. helping hands for humanity बझाङ्ग समितिका सल्लाहकार साथीहरू ज्याेति प्रकाश जाेशी,जनक दाैल्याल,रवि थापा, पदम थापा, टेकु थापा गणेश कार्की, भरत खड्का, मीना रावल, देव पान्डे, शीवराज भन्डारी,प्रभा बजाल , समाजसेवी तथा हिस्टानका सह-अध्यक्ष बिस्नु दौल्याल ,सस्थाका सल्लाकार सत्यराज भण्डारी ,केशबराज जाेशी, अरुन मल्ल,उपस्थिती रहेको थियो ।

३ असार १२ गते कर्णाली प्रदेश, जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा न. ६ को कल्याण टोल र वडा न. ७ को कुइते टोलमा रहेका अति बिपन्न भुमिहिन सुकुम्बासी ६४ घरधुरी मध्य ४३ घरधुरीलाई कर्णाली प्रदेश सल्लाहकार श्री महेन्द्र नेपाली ज्युको उपस्थिति तथा समाजसेवी बल बहादुर खत्री, मान बहादुर राना र कमल खत्री को उपस्थितिमा श्री सरस्वती बोर्डिङ स्कुलको प्रागणमा राहत वितरण गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv