खाने तेलकाे मनपरि ढंगबाट वृद्धि, नियमनकारी निकाय माैन

 मंसिर २१, काठमाण्डाै ।  बजारमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरि ढंगबाट  वृद्धि भएको छ । एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो ।

तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पुर्‍याइएको छ भनें,  १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्‍याइएको हो ।

तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार २० रुपैयाँ भन्दा बढीले बढेको खुद्रा ब्यापारीहरुले बताएका छन् । होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा ब्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

‘मूल्य बढेको छ भनेर नयाँ मूल्य होलसेलले पठाएका छन् तर हामीलाई कारण थाहा छैन्,’ महासचिव तुलाधरले भने ।
उपभोक्तालाई एक महिनाको बीचमै तेलको भाउ लिटरमै ५० रुपैयाँसम्मले बढेको भन्नै नसक्ने अवस्था सृजना भएको तुलाधरले बताए । महिनौं अघि उद्योगमा प्याकिङ अवस्थामा रहेका तेलको भाउ पनि ब्यापारीहरुले एक्कासी बढाएर बजारमा पठाएको तुलाधरको आरोप छ ।

तेलको अधिकतम् खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी होलसेलले तेलको भाउ बढाएको खुद्रा व्यापारीहरुले बताएका छन् । प्याकेटमा पुरानै मितिमा लेखिएको एमआरपी भएपनि होलसेलले भने नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न नसक्ने अवस्था सिर्जना भएको खुद्रा व्यवसायी बताउँछन् ।

‘एमआरपीमा कुनै एक तेलको प्रतिलिटर मूल्य १६० छ, होलसेलले नयाँ पठाएको तेल हामीले १८५ मा बिक्री गर्दा पनि नाफा छैन, उपभोक्तालाई के भन्ने हामीले कसरी तेल बिक्री गर्ने ’ अधिकारीले प्रश्न गरे ।

दुगड धारा र धारा सनफ्लावरमा खुद्रालाई दिने भन्दा पनि बढीमा अधिकतम् खुद्रा मूल्य तोकिएको महासचिव आमुलकाजी तुलाधरले बताए ।

बजारमा उपभोक्तालाई खुद्रामा बिक्री गर्ने मूल्यभन्दा २० रुपैयाँसम्म बढी एमआरपी मन्त्रीको कम्पनीको तेलमा बढेको तुलाधरले बताए । बजारमा तेलको भाउ अचाक्ली बढेपनि सरकारी अनुगमन भने शुन्य देखिन्छ ।

पछिल्लो एक सातादेखि बजारमा तेलको भाउ बढेपनि अनुगमनकारी निकाय मौन बसेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

‘नियमनकारी निकाय नै अब त ब्यापारीका भाषा बोल्न थालेका छन्, यसैकारण उपभोक्ता ठूलो मारमा परेका छन् । लिटरमा ५० रुपैयाँले तेलको मूल्य बढ्दा पनि सरकार मौन बस्नु अपराध भएको उनको भनाइ छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv