दिवेश गुरूङ्ग द्वारा अमेरिकाबाट लाइन्स क्लब मार्फत भक्त विविलाई ८० थान स्ट्रेचर हस्तान्तरण

काठमाडाै । दिवेश गुरूङ्ग र धिरेन गुरूङ्ग काे विशेष पहलमा अमेरिकाबाट संकलित  रकमबाट लाइन्स क्लब नेपालले ८० थान डबल फाेल्डिङ्ग स्ट्रेचर भक्त विवि फर ह्युमानिटी नेपाललाइ वितरणका लागि हस्तान्तरण गरेकाे छ ।
हिंजाे एक कार्यक्रमका बिच कर्णाली र सुदुरपश्चिम प्रदेशमा पर्ने दुर्गम जिल्लाका अति विकट नगर तथा गाउँपालिकाका विभिन्न बस्ती तथा वडाहरूमा वितरणका लागि पठाइएने व्यहाेरा भक्त विवि फर ह्युमानिटीले जनाएकाे छ । 
सडक यातायातकाे सुविधा र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानहरूमा सर्वसाधारण नागरिकहरूकाे स्वास्थ्य अवस्थालाइ ध्यानमा राखी बिरामी पर्दा स्वास्थ्य केन्द्र सम्म पुर्याउन सहज हाेस् भन्ने उद्देश्यले स्ट्रेचर वितरणकाे कार्यक्रम ल्याएकाे हाे । 
ति उपलब्ध स्ट्रेचर वितरणका लागि भक्त वि.वि.फर ह्युमानिटी मार्फत भक्त विवि हेल्पिङ्ग हेन्डस फर ह्युमानिटीका प्रदेश सल्लाहकारलाइ ताेकिएकाे स्थानहरूमा प्रदान गर्ने जिम्मेवारी प्रदान गरेकाे छ ।
साथै उपलब्ध स्ट्रेचरकाे सहि सदुपयाेग गरी समयमै सम्बन्धित प्रदेशहरूका जिल्ला , नगर तथा पालिकाहरूमा पुराउन अनुराेध गरेकाे छ । अमेरिकाबाट रकम संकलन गरी यस पुनित कार्यमा सहकार्य गरी सहभागी हुने अवसर दिनु भएकाेमा  दिवेश गुरूङ्ग ज्यु र धिरेन गुरूङ्ग ज्यु प्रति भक्त वि.वि.फर ह्युमानिटी हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv