राज्य व्यवस्था समितिको निर्देशन लत्याउँदै, ईश्वर पोखरेलको दबाबमा पोखरेललाई एआईजीमा बढुवा

काठमाण्डौं,मङ्सिर २६ । सरकारले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए । उनलाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ।

संसदको राज्य व्यवस्था समितिले हिजो मात्रै व्यक्ति विशेषका लागि दरबन्दी थप्न नहुने भन्दै बढुवा नगर्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिको निर्देशन लत्याउँदै उनको बढुवा सिफारिस भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो । गत १५ मंसिरमा उनको बढुवा सिफारिस भएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा उनकै लागि दरबन्दी थप गरिएको थियो । १७ महिनापछि आईजिपीमा एक्लो दाबेदारी बनाउन राजनीतिक हस्तक्षेपका आधारमा उनको बढुवा भएको हो । यसको प्रहरीमा दुरगामी रुपमा असर पर्ने प्रहरी अधिकारीको चिन्ता छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv