प्रताप दास र कबिताको स्वरमा ज्ञानीमाया र हेरुकाको गोधुली सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं,मङ्सिर २६ । गायक प्रताप दास र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुली सार्वजनिक भएको छ । नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य सहितको लोकेशनमा खिचिएको गीतमा नव प्रतिभा ज्ञानीमाया र हेरुका लाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् । गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ । अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।

प्रताप दासले आफुले गायका गीतहरु मध्य उत्कृष्टको लिष्टमा गोधुली पर्ने बताएका छन् । नव प्रतिभा ज्ञानीमायाले तामाङ गीत संगीतसँगै नेपाली गीत संगीतमा पनि विस्तारै आफ्नो दायित्व बढाउने गरि भिडियोमा अभिनय गरेको बताएकी छन् । गीतमा दिक्षा पाख्रिनको कोरियोग्राफि रहेको छ । दर्जन बढि फिल्ममा अभिनय गरिसकेकी कलाकार भुईसाल लामाले भिडियो निर्माणसँगै विस्तारै फिल्म निर्माणको तयारी रहेको समेत बताएकी छन् । यस समूहले लगातार भिडियो निर्माण गरिने पनि बताइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv