ओली सरकार बिरुद्ध मङ्सिर २९ गते यसरी गर्जदै छ नेपाली काँग्रेस

काठमाण्डौं,मङ्सिर २६ । नेपाली कांग्रेसले सरकारको मनोमानीविरुद्ध आउँदो सोमबार हुने देशव्यापी प्रदर्शनको लागि तयारी तीव्र भएको जनाएको छ । नेपाली कांग्रेसले देशका मुख्य–मुख्य सहरमा सम्बोधनको लागि नेताहरू नामावली पनि सार्वजनिक गरेको छ ।

यो सरकार आएपछि भ्रष्टाचार बढेको, कोरोना रोकथाममा निरीह भएको, तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दमन गरेको लगायत विषयमा केन्द्रित रहेर कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको छ ।

२९ गते सभापति शेरबहादुर देउवाले हेटौँडामा हुने प्रदर्शनलाई सम्बोधन गर्नुहुनेछ भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाण्डौको प्रदर्शनमा सहभागिता हुनुहुनेछ । यस्तै महामन्त्री शशाङ्क कोइराला विराटनगर, उपसभापति विमलेन्द्र निधि भक्तपुर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, प्रकाशमान सिंह धनुषा, सीतादेवी यादव ललितपुर, प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, चित्रलेखा यादव सप्तरी र रामशरण महत चितवन जानुहुनेछ ।

यस्तै अर्जुननरसिंह केसी पोखरा, एनपी साउद अछाम, गगन थापा कैलाली र प्रदीप पौडेल कञ्चनपुरमा हुने प्रदर्शनमा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv