मैले पुनर्जीवन पाएको छु – मिन विश्वकर्मा ( पुर्व मन्त्री )

काठमाण्डौं,पुष १ । नेपाली काँग्रेसका नेता तथा पुर्व मन्त्री मीन विश्वकर्मा कोभिड -१९ बाट सन्क्रमित भइ पहिले कर्तिक ९ गते वीर अस्पताल र स्वास्थ अवस्था झन जटिल भए पछि ११ गते राती ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याईएका थिए । अहिले उनको अवस्था सामान्य भए पछी पहिलो पटक समाजिक संजाल मार्फत आफु श्वस्थ भएको जानकारी दिनु भएको छ । संजालमा स्ट्याटस लेख्दै उनले भनेका छन श्वास्थ्यकर्मी लगायत सबैलाई पुनर्जिवन पाएकोमा आभार प्रकट गर्नु भएको छ ।

बरिस्ठ चिकित्सक डा. सुभाष आचार्यको प्रत्यक्ष एबम आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समुह सङ्गै अति स्नेही सेवा गर्ने नर्शहरुले मलाई पुनर्जीवन दिएको महसुस गरेको छु ।

उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेर बहादुर देउबा, पार्टी पदाधिकारीहरु, तथा पुर्व पदाधिकारीहरु एबम केन्द्रीय सदस्यहरु, प्रमुख सचेतक मा. बालकृष्ण खाणको सक्रियता र योगदान अबिस्मरणिय मात्रै होइन हृदयस्पर्सी पनि भएको पाएको छु । साथै नेपाली काङ्ग्रेस पार्टीका विभिन्न तहका नेता एबम कार्यकर्ता साथिहरुले ब्यक्त गरेको सुभेच्छाले मेरो मनोबल उच्च बनाएको छ ।

शुरुकै अबस्था देखि मेरो स्वास्थबारे चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सम्माननिय सभामुख, माननीय साम्सदहरु, कानुन समिती सभापती र सम्सदका महासचिव लगायत सबै कर्मचारी मित्रहरु प्रती हार्दिक आभार प्रकट गर्दछु ।

मेरो स्वास्थ अवस्था जटिल बन्दै जादा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक सङगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाएको अभुतपुर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारि दवावले मलाई उद्देलित गराउदै थप हौसला बढाएको छ ।

साथै जीवन र मृत्युको दोसाँधमा हुँदा महाममिम रास्ट्रपति, सम्माननीय प्रधानमन्त्री, मा. स्वास्थ मन्त्री लगायत मा. मन्त्रीहरु एबम माननीय सुभाष नेम्वाङले थप उपचारका लागि गर्नु भएको प्रयाश र योगदानले मलाई भावुक बनाएको छ।

म ग्रान्डी अस्पतालको आइ. सि. यु. र भेन्टिलेटरमा अचेत अबस्थामा मृत्यु सङग लडिरहदा मेरो स्वास्थ अवस्था बारे हरपल चासो राखी सन्चार माध्यमबाट निरन्तर सुचना प्रभाह गर्ने सबै प्रिय संचारकर्मी साथिहरु, मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवान सङग प्रार्थना गरि आस्था बमोजिम पुजा गर्ने सम्पुर्ण मेरा प्रिय साथीहरू, परिवार एबम आफन्तजन प्रती हार्दिक नमन गर्दछु ।

अन्त्यमा, ३६ दिनको अस्पताल बसाई पछि घर आएको पनि आज १६ दिन भयो ! स्वास्थ अबस्थामा दैनिक सुधार भए पनि अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन !
अत: लामो समय पछि आज देखि सामाजिक संजालमा उपस्थित भएको छु ! फोन कल होइन सन्देश लेख्न अनुरोध गर्दछु ! जय नेपाल !!



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - a[email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv